logo

ठेकेदार र ब्यापारीलाई टिकट दिने प्रवृति नियन्त्रण गर्न दलहरुलाई आग्रह,अन्यथा लोकतन्त्रनै बिकृत र कमजोर हुने चेतावनी

      9/16/2019 गते 00 00 मा प्रकाशित     670   पटक पढिएको

बीरगंज ३० भदौ ।
नेपालको निर्वाचनमा देखिएका बिकृतिका बिषयमा गम्भिर बहस हुन आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन । नेपाल शान्ति प्रतिष्ठानले बीरगंजमा आयोजना गरेको कार्यशालामा सरोकारवालाहरुले यस्तो बताएका हुन  ।

 

उनीहरुले पैसाका बलमा टिकट प्राप्त गर्ने र पैसाकै बलमा जीत हासिल गर्नेहरु जनताका वास्तवीक प्रतिनिधि नभएको भन्दै निर्वाचनमा भित्रिएको पैसा संस्कृतिको तिब्र आलोचना गरेका छन । वक्ताहरुले ब्यापारी,ठेकेदार र अन्य पेशामा रहेका पैसावालाहरुले टिकट पाउने उनीहरुलाई टिकट बेच्ने प्रवृतिलाई दलहरुले रोक्नु पर्नेमा जोड दिए ।

 

उनीहरुले बिचारधारात्मक राजनीतिमा आएको स्खलन र बढदै गएको अनैतीकताका कारण राजनीतिमा निष्ठा इमान त्याग र सर्मपण जस्ता बिषय गौण हुन पुगेको भन्दै चिन्ता ब्यक्त गरेका छन ।

 

वार्ड अध्यक्षको चुनाव जीत्न लाखौ खर्च भएको मेयर र सासदमा करोडौ खर्च गरेर जीत प्राप्त गरेको पृष्ढभूमीमा आयोजना गरिएको छलफलले निर्वाचनमा देखिएका बिकृत र बिसंगत पाटोलाई नियन्त्रण गर्न नसक्दा लोकतन्त्र नै संकटमा पर्ने भन्दै राजनीतिक दलहरुलाई जिम्मेवजार बन्न सुझाव दिइएको थियो । 


नेपालले अवलम्बन गरेको मिश्रीत निर्वाचन प्रणाली समेत बिकृतिको कारण रहेको भन्दै पूर्ण समानुपातिक वा प्रत्यक्ष निर्वाचन प्रणालीलाई अवलम्बन गर्न वक्ताहरुले सुझाव दिएका थिए । 


कार्यक्रममा निर्वाचनमा देखिएको बिसंगत पाटो र त्यसले ल्याएको परिणामा र त्यसबाट गरिएको अभ्यास निराशाजनक रहेको तर्क वक्ताहरुले गरेका थिए । कार्यक्रममा आधार पत्र प्रस्तुत गर्दै पत्रकार चन्द्रकिशोरले निर्वाचनमा जीतेर आएका जनप्रतिनिधिमा स्रोत र साधानहरु आफनै हुन भन्ने बुझाई देखिएको ब्यक्त गरे जसले द्वण्द्वलाई मलजल गरिरहेको बताए ।

 

समावेशी र समानुपातिकताले द्वण्द्वलाई ब्यवस्थापन गर्ला र प्रगतीको बाटोमा समाज अगाडि जाला भनेको नयाँ द्वण्द्वहरुको सृजना पो हुन पुग्यो उनले भने यसलाई बेलैमा सच्याउन पर्छ । 


कार्यक्रममा निर्वाचन आयोगका पूर्व आयुक्त डा. बीरेन्द्र शर्माले पनि निर्वाचन प्रणालीमा समस्या रहेको बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अवलम्बन गरेर त्यसलाई निर्वाचन क्षेत्र प्रति जिम्मेवार हुने प्रणालीको बिकास गर्न जरुरी रहेको सुझाव दिए ।


कार्यक्रममा नकपाका अध्यक्ष प्रभू हजरा ,नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी ,समाजवादी पार्टीका अध्यक्ष राम नरेश यादव , नेपाल पत्रकार महासंघका पूर्व उपसभापति जगदीश शर्मा,प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछाने अधिवक्ता कमल मोहन पोख्रेल महिला नेतृहरु सलमा खातुन,ममता महतो मोनिका सिंह र रम्भा मिश्र मुन्नी श्रीवास्तव जिल्ला निर्वाचन कार्यालय प्रमुख रंजिता झा डा. बिश्वम्भर शर्मा डा.कृपासिन्धु चौधरी ,जय नारायण चौधरी लगायतले आफनो बिचार राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

शोसक वर्गले संघीयता विरुद्ध षड्यन्त्र गरिरहेको  जनमत अध्यक्ष डा. राउतको दावी

वीरगंज । बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.