logo

बीरगंजमा सीसी क्यामरा संजाल बिस्तार हुने ,सीसी क्यामरा जडानकालागि सासदहरुले आर्थिक स्रोत उपलब्ध गराउने 

      11/30/2020 गते 00 00 मा प्रकाशित     618   पटक पढिएको

पर्सा  क्षेत्र नं १ का संघीय सासद प्रदीप यादवले बीरगंजमा सीसी टिभी क्यामरा जडानकालागि १० लाख रुयैया उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।

 

चालु आर्थिक वर्षमै १० लाख उपलब्ध गराउने उहाँले बताउनु भयो । सेफर बीरगंजको बैठकमा सासद यादवले यस्तो घोषणा गर्नु भएको हो । बीरगंजमा अहिले ३१ वटा सीसी टिभी क्यामरा संचालनमा रहेका छन ।

 

५१ वटा क्यामरा जडान भएकोमा अन्य क्यामराहरु बिभिन्न खाले आन्दोलन र अन्य कारण फूटेर काम नलाग्ने भएका छन । पहिलो चरणमा बिग्रिएका क्यामराहरुलाई हटाएर नयाँ थपेर ५१ पुर्याउने तय भएको छ ।

 

सीसी क्यामरा जडानलाई अभियानको रुपमा संचालन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले बताउनु भयो । उहाँले अहिले ३१ वटा क्यामरा जडान छन । अव यसलाई ५१ त्यस पछि ८२ र क्रमिक रुपमा बढाउने गरि अभियान संचालन गरिएको उहाँले बताउनु भयो ।

 

सीसी क्यामरा जडानकालागि प्रदेश सभा सदस्य भिमा यादव र करिमा बेगमले पनि पाँच पाँच लाख रुपैया उपलब्ध गराउने घोषणा गर्नु भएको छ । यो रकमले ठुलो भिडियो मोनीटर , ठुलो वालको पनि ब्यवस्थापन गरिने प्रहरी उपरिक्षक पंतले बताउनु भयो । 


बीरगंज शहरको सुरक्षा ब्यवस्थालाई प्रभावकारी बनाउनलागि सीसी क्यामरा जडानको अभियानमा बीरगंजबासीको साथ सहयोग र सहभागिता उत्साजनक रहेको पंतले बताउनु भयो ।

 

उहाँले बीरगंजको समाजले आउने दिनमा यो अभियानलाई सफल बनाउन र सुरक्षीत बीरगंजको अभियानलाई साकार पार्न सहयोग पुर्याउने बिश्वास उहाँले ब्यक्त गर्नु भयो । बीरगंज उधोग वाणिज्य संघको सभाकक्षमा भएको बैठकमा नागरिक समाजका बिभिन्न सरोकार समुहका प्रतिनिधिहरुको सहभागिता रहेको सेफर बीरगंजका अध्यक्ष मनोज दासले जानकारी दिनु भयो । 

 


उहाँले सीसी क्यामरा जडानकोलागि १ करोडको परियोजना अगाडि सारिएको र त्यसलाई सफल पार्न सहयोग जुटने क्रममा रहेको बताउनु भयो । उहाँले कतिपय वडाहरुले समेत सहयोग उपलब्ध गराउने आश्वासन दिएको जानकारी दिनु भयो ।

कार्यक्रममा प्रदेश सासद विभा यादव, करिमा बेगम, वीरगंज वडा नंम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, व्यवस्थित वीरगंजका संयोजक दिलिप कार्की, सेफर वीरगंजका पूर्ब अध्यक्ष अमर गौत्तमलगायतव विभिन्न समाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.