logo

नक्कली कागज बनाएर करोडौको जग्गा पास प्रकरणमा ५० लाख बैना गर्ने अग्रवाल पक्राउ

      12/3/2020 गते 00 00 मा प्रकाशित     1001   पटक पढिएको

५० करोड बराबरको जमीन नक्कली कागजात बनाएर रजिष्ट्रेशन प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले थप केही ब्यक्तिहरुलाई पक्राउ गरेको छ । 


५० करोडको जमिनको ५० लाख रुपैया बैना दिएका गिरधारीलाल अग्रवाललाई पर्सा प्रहरीले बिहिवार पक्राउ गरेको छ । जग्गा प्रकरणमा अग्रवालको संलग्ताको बारेमा अनुसन्धान गर्नु पर्न भएकोले उहाँलाई पक्राउ गरिएको हो । उहाँलाई पनि अनुसन्धान गर्नु पर्ने देखियो त्यही भएर लिएर आएका हौ अनुसन्धान अधिकृत कुशल बर्तौलाले भन्नुभयो“हामी अनुसन्धान गर्दैछौ टुंगोमा पुग्न केही समय लाग्न सक्छ । 


प्रहरीले अनुसन्धानकै क्रममा लेखनदासहरु प्रमेश प्रसाद, र अमर कुमार गुप्तालाई समेत पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो काठमाण्डौले यो प्रकरणका मुख्य ब्यक्ति मुकेशराज भण्डारी बनेका केवल प्धान (जंगबहादुर राणा) लाई असोज २५ मा काठमाण्डौबाट पक्राउ गरेको बीरगंज पठाएको थियो । 

 

बीरगंज मालपोत कार्यालयले नक्कली कागजातको आधारमा  मर्कन्टायलको कार्यालय रहेको होटेल मकालुको पार्किङ भन्दा दक्षीणमा रहेको ५० करोड मूल्य बराबरको जमिन रजिष्ट्रशन पास गरिदिएको थियो । 

 

 काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा वीरगंज महानगरपालिका–५ कित्ता नं. ७१ को ३२५ वर्गमिटर, कित्ता नं. ३ को १२७३।८ वर्गमिटर, कित्ता नं. १८६ को १०३.४ वर्गमिटर र कित्ता नं.१४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फाल्गुण १२ गते  मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा रजिष्ट्रशन पास गरेको हो ।


     गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारी  तीन सन्तान  । नक्कली कागजात बनाउने गिरोहले गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारीका जेष्ठ सुपुत्र मुकेशराज भण्डारीको नाममा नामसारी माँग गर्दै मालपोत कार्यालयमा  ०७६ माघ २९ गते  नामसारीको लागि निवेदन दिए । मुकेश राजभण्डारी जेठो छोरोलाई नेपालमा रहेको देखाइएको थियो ।  


अन्य दुई भाई राकेश राजभण्डारी, रूपेश राजभण्डारी अष्ट्रेलिया रहेको देखाइएको छ । अष्ट्रलियमा रहेका दुई भाइले  त्यही बाट दाजु मुकेशराज भण्डारीको नाममा जग्गा नामसारीको मन्जुरीनामा त्याहा रहेको दुतावास मार्फत पठाएको कागजात तयार पारेर जग्गा नामसारी गरिएको थियो । यो सबै कागजातहरु नक्कली थिए ।  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.