logo

सूचना नदिएर अपारदर्शीता कायम गर्न खोज्ने प्रदेश २ का चार मंत्रालयसंग सूचना आयोगले माग्यो जवाफ

      12/14/2020 गते 00 00 मा प्रकाशित     529   पटक पढिएको

समयमै सूचना उपलब्ध नगराउने प्रदेश २ का चारवटा मन्त्रालयलाई राष्ट्रिय सूचना आयोगले ७ दिन भित्र लिखित जवाफ पठाउन आदेश दिएको छ ।

 

समाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योगा, पर्यटना वन तथा वातावरण मन्त्रालयसंग आयोगले लिखित जवाफ मागेको हो ।

 

चारवद्धै मंत्रालयले आर्थिक वर्ष ०७६ /०७७ मा गरेको कामकारबही, विकास निर्माण, मन्त्रीलगायत सचिवको दैनिक भ्रमण भत्ता, सवारी खरिद तथा मर्मत सम्भार लगायत मन्त्रालयहरुको कार्यालय प्रयोजनको लागि गरिएको खर्च विवरण सहितको सूचना माग गरिएको थियो । 

 

जनकपुरका पत्रकार  शैलेन्द्र महतो ‘क्रान्ति’ले चारवटै मन्त्रालयसंग सूचना माँग गर्नु भएको थियो । मंत्रालयले सूचना नदिएपछि मंत्रालय बिरुद्ध गरेको पुनरावेदन उपर सुनुवाई गर्दै आयोगले ७ दिन भित्र सूचना उपलब्ध नगराउनूका कारणसहितको जवाफ पेश गर्न आदेश दिएको हो ।


आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गरुंग र सूचना आयुक्त रत्न प्रसाद मैनालीले चारवटै मन्त्रालयमाथि आदेश जारी गर्नु भएको हो ।

पत्रकार ‘क्रान्ति’ले असोजको पहिलो साता अध्ययन तथा समाचार प्रयोजनको लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा दफा ३ बमोजिम प्रदेश २ का सबै मन्त्रालयहरुमा सूचना माग गर्दै निवेदन दर्ता गराउनु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.