logo

आन्तरिक राजस्व कार्यालय वीरगन्ज करदाता मैत्री नभएको गुनासो

      12/19/2020 गते 00 00 मा प्रकाशित     609   पटक पढिएको

वीरगन्ज, ४ पुष । राज्य संचालन जनताको करबाट हुने हो । तर, त्यहि जनताको करबाट राष्ट्रसेवक बनेका कर्मचारीहरु भने राज्यलाई कर तिर्न जाने करदाताहरुप्रति रुखो व्यवहार गर्ने गरेका छन् । करमा जनताको सबैभन्दा बढी पहुँच हुनुपर्ने मुख्य कार्यालय आन्तरिक राजस्व कार्यालय वीरगन्ज नै करदाताहरुको लागि करमैत्री नभएको गुनसो करदाताहरुको छ ।

आन्तरिक राजस्व कार्यालयका प्रमुखको परिवर्तनसँगै करदाताहरुप्रति गरिने व्यवहार पनि फरक फरक हुने गरेको करदाताहरुले बताउने गरेका छन् । आन्तरिक राजस्व कार्यालय वीरगन्जमा प्रमुख कर अधिकृतको रुपमा सुनिल कुमार यादव आएपछि अहिले करदाताहरुलाई सास्ती खेप्नु परेको छ । कार्यालयमा सेवा लिन आउने खासगरी साना करदाताहरु कार्यालयको सेवा प्रभावकारी नहुँदा र कार्यालयका कर्मचारीहरुको व्यहावहारदेखि धेरै दुख पाउने गरेको बताउने गरेका छन् ।

सुनिल कुमार यादव प्रमुख कर अधिकृत भएर आएपछि उनले आफ्नो सचिवालय नै बनाएका छन् । उनको कार्यकक्षभन्दा बाहिर एकजना कर्मचारी राख्ने गरेका छन् । सेवाग्राहीले कार्यालय प्रमुखलाई भेट्न जाँदा कार्यकक्ष बाहिर बस्ने कर्मचारीले सोधपुछ गरेर मात्रै भित्र अनुमति मागेपछि जानुपर्ने हुन्छ । तर, बाहिर बस्ने कर्मचारीले प्रमुख कर अधिकृत कार्यकक्षमै हुँदापनि भित्र हुनुहुन्न भनेर सेवाग्राहीलाई ढाँट्ने गरेका छन् । कार्यालयमा पाएको सास्तीको बारेमा सञ्चारकर्मीहरुसँग गुनासो गरेपनि पछि आपूmलाई झन समस्या पर्ने डरले नाम समेत दिन सेवाग्राहीहरु चाहदैनन् ।

कोही सेवाग्राहीले गएर भेट्न चाहेमा प्रमुख कर अधिकृत यादवलाई ती कर्मचारीले सोध्ने र प्रमुखले पनि व्यस्तता देखाएर सेवाग्राहीसँग भेट्न नचाहने गरेको नाम बताउन नचाहेका एक सेवाग्राहीको गुनासो छ । करदातालाई करमैत्री व्यवहार र करमैत्री वातावरणका लागि सहजीकरण गर्नुपर्ने कार्यालयका कर्मचारीहरुको दायित्व भएपनि करदाता नै निराश हुने र हतोत्साही हुनेगरी आन्तरिक राजस्व कार्यालय वीरगन्जका कर्मचारीको शासक मनोवृत्तिले करदाताहरु दुखी बनेका छन् । करचुक्ताको प्रमाणपत्र लिन कर कार्यालय पुगेकी कल्पना खड्कालाई कार्यालयबाट सेवा पाउनलाई विचौलियाको सहारा लिनु प¥यो ।

आफ्नो फर्मको करचुक्ता प्रमाणपत्र लिने अनलाईन सुविधा भएपनि कर कार्यालबाट युजर आईडी र पासवर्ड लिएपछि मात्रै त्यो सुविधा पाउने भएकोले युजर आईडी र पासवर्डका लागि कर कार्यालयमा जाँदा २ घण्टा कुर्दा समेत नभएको काम विचौलियाले भने आधाघण्टामा गरिदिएको उनले बताईन् । तत्कालिन प्रमुख कर अधिकृत गोपीकृष्ण कोईरालाको कार्यकालमा नयाँ भवन निर्माण सम्पन्न भई सेवा शुरु गरेको कार्यालयमा अहिले टोकन प्रणाली समेत लागू गरिएको छ ।

तर, टोकन लिएका सेवाग्राहीहरु घण्टौं कुर्दासमेत काम नहुने गरेको गुनासो गरेका छन् । सेवादिने फाँटभित्र जो पायो त्यहि व्यक्तिलाई छिर्न नदिन गेटमा सुरक्षागार्डको व्यावस्था गरेपनि करदाताहरुले भने सहज सेवा लिन पाएका छैनन् । कर्मचारी र विचौलियाको मिलेमतोले पनि करदाताहरुलाई समस्या हुनेगरेको हो ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.