logo

संसद विघटनको सिफारिश पछि सुरक्षा निकाय ‘हाइअलर्ट’ मा सातै प्रदेशका सुरक्षा निकायलाई कडा निर्देशन

      12/20/2020 गते 00 00 मा प्रकाशित     753   पटक पढिएको

संसद विघटन गर्न मन्त्रिपरिषदले राष्ट्रपति विद्या देबी भण्डारी समक्ष सिफारिस गरेपछि प्रहरीले देशभरि सुरक्षा सतर्कता बढाएको छ । 


बालुवाटारमा आज भएको मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्ने निर्णय गरेसंगै शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिनुभ भयो । 


मंत्रीपरिषदको सिफारिश पछि उत्पन्न राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सुक्ष्म निगरानी गर्न जिल्लाभरि सर्कुलर समेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । 


प्रहरी स्रोतका अनुसार सातवटै प्रदेश प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्थापन गर्न जिम्मा दिइसकिएको छ । 
देशभरिको शान्ति सुरक्षाको अवस्थालाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले सात वटै प्रदेशका प्रहरी प्रमुखसंग भर्चुअल बैठक गर्नेे तयारी गरेको प्रहरी स्रोतले जनाएको छ । 


सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सबै प्रदेशसंग भर्चुअल बैठक गरेर आइजीपी शैलेन्द्र थापा नयाँ रणनीतिमा लागि सकेको प्रहरी स्रोतको भनाइ छ । 


यसको अलावा सबै जिल्ला प्रहरी कार्यालयहरुलाई ‘हाइअलर्ट’मा बस्न निर्देशन जारी भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


दैनिक काम बाहेक विशेष निगरानीमा काम गर्न निर्देशन आएको जिल्ला प्रहरी कार्यालयहरुको भनाइ छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.