logo

‘नेपाल भारतबीच स्थानीय संयन्त्रको आवश्यकता’

      12/22/2020 गते 00 00 मा प्रकाशित     637   पटक पढिएको

नेपाल र भारतको सीमा काठमाडौ र दिल्लीको नजर भन्दा पनि जनस्तरको नजरले हेर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । मानवअधिकार पत्रकार संघ(हुर्जा) काठमाडौले दुई देशका समस्या बारे मंगलबार आयोजना गरेको भर्चुअल छलफलमा वक्ताहरुले दुई देशबीचको बहुआयामिक सम्बन्ध र समस्याबारे चर्चा गरेका थिए ।

 

सीमामा हुने समस्या समाधान गर्न एक स्थानीय संयन्त्रको आवश्यकता औल्याएका थिए । कार्यक्रममा पूर्व पराराष्ट्रमन्त्री भेषबहादुर थापाले खुला सीमाले ल्याउने द्धन्द्धलाई व्यवस्थापन गर्न दुबै पक्षको संयन्त्रलाई काम लगाउन सकिने बताउनु भयो ।

 

वरिष्ठ पत्रकार अखिलेस उपाध्यायले सरकारी तहमा भन्दा पनि जनस्तरको संवादले बढी प्रभावकारी काम गर्ने जनाउनु भयो । ‘यो अनौपचारिक कुटनीति हो,’ उहाँले भन्नु भयो , ‘लागू औषध, अवैध हतियार, सुरक्षा लगायतका समस्या सीमामा छन् ।’ 


    भारत विहारको रक्सौल निवासी प्राध्यापक अनिल कुमार सिन्हाले नेपालसंगको सम्बन्ध राजनीतिले होइन् सांस्कृत्तिक र अरु सामाजिक सम्बन्धले अनुप्राणित गर्ने बताउनु भयो ।

 

वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले लागू औषधको अवैध कारोबार ठूलो समस्याको रुपमा देखिएको बताउनु भयो  । ‘नेपालमा गैरकानूनी भएको लागू औषध उता खुला रुपले बिक्री वितरण हुन्छन्,’ उहाँले भन्नु भयो , ‘उता गैरकानूनी कुरा यता कानूनी भएकाले समस्या देखिएको छ ।

 

यसलाई जोड्न संयन्त्र आवश्यक छ ।’ नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले कोरोना महामारीका कारण बन्द गरिएका नाकाका कारण नेपालमा महंगी चुलिएको बताउनु भयो । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले सञ्चारकर्मी र नागरिक समाजले सदभावनादुतको काम गर्न सक्ने धारण राख्नु भएको थियो । 


    मिडिया फोर बोर्डर हारमानीका अध्यक्ष अमरेन्द्र तिवारीले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध हुदा पनि भारतले बोर्डर खोलिसक्दा पनि नेपालले हालसम्म बोर्डर नखोल्दा नागकिरले अनेक समस्या बेहोर्नुपरेको सुनाउनु भयो  ।

 

उद्योगी अशोक कुमार वैद्यले काठमाडौ र दिल्लीलाई सीमाको समस्या थाहा नहुने भएकाले जनसंवादबाटै पहल गर्न आवश्यक रहेको औल्याउनु भयो  । सीमा जागरण मञ्चका महेश अग्रवालले सीमाबन्द भएकाले आवतजावतमा समस्या भएको बताउनु भयो  । काठमाडौं र दिल्लीको चिसोपनले सीमामा असर गरेको बताउनु भयो ।

 

 उहाँका अनुसार नेपाल र भारतबीच तीन प्रकारको सम्बन्ध छ । पर्सा प्रहरी प्रमुख गंगा पन्तले दुई देशबीच हुने विहावारी पछि हुने घरेलु हिंसा, मानव बेचबिखन, लागू औषधको समस्या रहेको बताउनु भयो  ।

 

ठाकुरराम बहुमुखी क्याम्पसका सह प्रध्यापक बिरेन्द्र प्रसाद साहले खुला सीमामा बलियो संयन्त्र निर्माण गर्न आवश्यक रहेको बताउनु भयो  । हुर्जाका अध्यक्ष घनश्याम खडकाले अगामि दिनमा दुबै देशका सञ्चारकर्मी, नागरिक समाजका अगुवा राखेर संवादलाई अगाडि बढाइने प्रतिवद्धता जनाउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.