logo

लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायता सम्बन्धी कानून बनाउने मुख्यमंत्री राउतको प्रतिवद्धता,बीरगंजमा पुर्नस्थापना केन्द्र बन्ने

      12/26/2020 गते 00 00 मा प्रकाशित     656   पटक पढिएको

प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत गद्धीले लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायता सम्बन्धी प्रदेश सरकारले कानून बनाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । 

 


शनिवार बीरगंजमा जिल्ला प्रहरी, लेडिज सर्कल र मेपुटी मेयर क्लबले लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायता  एकिकृत प्रयासको अपरिहार्यता सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन मुख्यमंत्री राउतले यस्तो बताउनु भयो । 


उहाँले लैङ्गिक हिंसा न्यूनिकरणका सम्बन्धमा पर्सा प्रहरीले लिएको पहलकदमीलाई आठै जिल्लामा पुर्याउने बताउनु भयो । मुख्यमंत्री राउतले उेन बनाएर लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायताका सम्बन्धमा दीर्घकाल सम्म सेवा प्रवाहको ब्यवस्था मिलाउने बताउनु भएको हो । 


उहाँले शिक्षाको अभावमा महिलाहरु हिंसा परेको चर्चा गर्दै महिलाहरुको आत्मबल बलियो बनाउनकालागि नै बेटी पढाई बेटी बचाईको अभियान संचालन गरिएको बताउनु भयो । 


उहाँले बैदेशीक रोजगारीमा गएका पुरुषहरु तेश्रो लिगी समुदायका ब्यक्तिहरु पनि ंिहंसामा परेको उहाँको भनाई थियो । 


महिंला हिसा न्यूनिकरणको लागि शिक्षामा जोड नदिएसम्म परिवर्तन ल्याउन नसकिन बताउँदै मुख्यमन्त्री गद्दीले शिक्षाको अपरिहार्यता औल्याए ।


हुन त अशिक्षित समाजमा मात्रै होइन शिक्षित समाजमा पनि हिंसाको घटना हुने गरेकोले महिला हिंसा न्युनिकरण गर्न शिक्षाको साथसाथै चेतनाको जरुरी पनि रहेको बताउनु भयो ।


उहाँले आर्थिक निर्णय पनि महिलाले लिन पाउने आधार निर्माण भयो भने  महिला हिंसा न्यूनिकरण हुने उहाँको भनाई छ । 

 

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका उ्रहरी उपरिक्षक गंगा पन्तले कार्यपत्र प्रस्तुत गर्दै लैगिंक हिंसामा परेका महिलाहरुले भोग्नु परेको पीडाको बारेमा प्रकाश पार्नु भएको थियो । 


उहाँले समस्यामा परेका महिलाहरुको उद्धार, संरक्षण लगायतका बिषय राज्यको दायित्व भित्र रहेको चर्चा गर्दै सबै जिम्मेवार निकायको एकिकृत प्रयास आवश्यक रहेको बताउनु भयो । 


उहाँले लैगिक हिंसामा परेका महिलाहरुमा पर्ने प्रभावको चर्चा गर्दै साइको सोसिइल काउन्सेलिङको समेत ब्यवस्था गर्नु पर्नेमा जोड दिनु भयो । 

 

प्रदेश सांसद ओमप्रकाश शर्माले जिल्ला प्रहरी कार्यालयमा रहेको थुनुवा कक्षाको बिस्तार गर्नु पर्ने जरुरी रहेको बताउनु भयो  । उहाँले भन्नुभयो  हाम्रो प्रहरी कार्यालयको एउटा थुनुवा कक्षमा १५ देखी २० जना राख्ने गरिन्छ । त्यसलाई म अत्याचार नै भन्छु । त्यही भएर यसतर्फ हामी सबैको ध्यान जान पनि जरुरी रहेको छ ।’’

कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा प्रदेश सांसद रमेश कुर्मीले पीडित सहायताको लागि आफ्नो एक महिना बराबरको तलब सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


कार्यक्रम मै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पीडित सहायताको लागि महानगरको तर्फबाट रु ५ लाखको चेक पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तलाई हस्तानान्तरण गर्नु भएको थियो ।
उहाँले महिलाहरुकोलागि पूर्नस्थापना केन्द्र निर्माणकालागि महानगरले जिल्ला प्रहरी कार्यालय छेउमा रहेको जमिन उपलब्ध गराउने समेत उहाँले प्रतिवद्धता जनाउनु भयो । 


उहाँले भन्नु  भयो “पीडामा परेका महिलाहरुलाई सेवा दिनकालागि पूर्नस्थापना केन्द्र निर्माण हरेक स्थानीय तहको जिम्मेवारी हो अहिले एक्लैले नसके पनि सहकार्य गरौ र यो कामलाई सम्पादन गरौ ” ।


यस्तै पीडित सहायताको लागि पर्साको विभिन्न पालिकाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाले ३ लाख ५० हजार , पटेर्वा सुगौलीका प्रमुख हरिनारायण चौधरीले ३ लाख रुपैया उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । 


 कार्यक्रममा प्रदेश सांसद, पालिका प्रमुख, उप–प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पोखरिया नगरपालिकाकी उप–प्रमुख सल्मा खातुनले गर्नु भएको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.