logo

करोडौको लागतमा बनेको बीरगंजको टर्मिनल बसपार्क रित्तै बसहरु सडकमा,सहमती हुन्छ पालना हुदैन 

      1/2/2021 गते 00 00 मा प्रकाशित     1149   पटक पढिएको

करिब १८ करोडको लागतमा  निर्माण भएको बीरगंजको टर्मिनल बसपार्क “माल पाएर चाल नपाएको” अवस्थामा पुगेको छ । जर्मन सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको टर्मिनल बसपार्क उद्धेश्य अनुरुप संचालन हुन सकेको छैन । 

बीरगंज माहानगरपालिका वडा नम्बर १६ को भानुचोक नजिक नयाँ बसपार्क निर्माण भएको हो । बीमल श्रीवास्तव बीरगंजको प्रमुख हुदा प्रति कठा १० हजारका दरले ५ बिघा ५ कठ्ठा जमिन खरिद गरेर नयाँ बसपार्क बनाइएको थियो । त्यही जग्गामा करिब १८ करोडको लागतमा टर्मिनल बसर्पाक बनाएपनि त्यसबाट यात्रुले सुविधा लिन पाएका छैनन । 

 


 ५ विघा ५ कठठामा रहेको बसपार्क टर्मिनल भवन तीन तल्ले रहेको छ  ।  ५५ वटा सटर कोठा, १ वटा वर्कशप, टवाईलेट र ब्यूटीपार्लर , एटिएम मेसिन, बुकिङ काउन्टर, रेष्टुरेन्ट, लगेज रुम लगायतका सुबिधा रहेको छ । 

 


उक्त बसपार्कमा क्षेत्र भित्र १ सय २४ वटा बस, टाटासुमो , मोटरसाईकल, टांगा रिक्शा समेत पार्किङ गर्ने ब्यवस्था रहेको छ । 
सुविधा सम्पन्न बसपार्क टर्मिल बन्नु भन्दा पहिला ब्यवसायीले खुशी ब्यक्त गरेका थिए । बसर्पाक अब्यवस्थित हुदा समस्या भएको ब्यवसायीहरुले बताउने गरेका थिए ।

 

बसपार्कमा खाल्डाखुल्डी हुदा बसका पटाहरु भाच्चिने सामानहरु चोरि हुने जस्ता समस्या थिए । टर्मिनल बनेपछि ति सबै समस्याबाट मुक्ति मिल्ने ब्यवसायी सुमन श्रेष्ठले बताउनु भएको थियो । तर अहिले तिनै ब्यवसायीहरु बसहरु बसर्पाक भित्र लान चाहदैनन । 

 

वीरगंज बसपार्कमा सबै यात्रुवाहक सवारीसाधन राखेर सञ्चालन गर्ने सहमतिलाई यातायात व्यवसायीहरूले पालन गरेका छैनन् ।
यस अघिपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय, व्यवस्थित वीरगंज अभियान अन्तर्गत यातायात व्यवसायीहरूसँग भएको छलफलमा तीन दिनभित्र बसपार्कबाहिर हुने सबैखाले यातायात गतिविधि बन्द गरेर बसपार्कभित्रबाट सञ्चालन गर्ने सहमति भएको थियो । तर त्यो सहमती पालना भएको छैन । 


वीरगंज बसपार्क निर्माणको क्रममा रहँदा टाटासुमो, माइक्रोसमेत यात्रुवाहक बस, बसपार्क बाहिरबाट सञ्चालन हुँदै आएको थियो ।अहिले पन िभानुचोकमा त्यही दृश्य देखिन्छ ।  बसपार्क बाहिरबाट सञ्चालन हुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । भानुचोकमा सडकमा यात्रुबाहक बस पार्किङ गरेर यात्रु तान्ने प्रवृति बढदै गएको छ । 


एक परिवारका एक बालक सतिह तीन जना काठमाण्डौ जानकालागि भानुचोक पुगेका थिए । बसका दलालहरुको कोपभाजनको शिकार भइहाले ।

 

पतिलाई एउटा बसवालाले, छोरालाई अर्को बसवालाले र श्रीमतीले बोकेको झोलालाई अर्को बसवालाले तानीरहेका थिए ।यस्तो दृश्य भानुचोकको बिशेषता हो । यातायात ब्यवस्थापनलागि भानुचोकमा रहेको ट्राफिक प्रहरी र नेपाल प्रहरीका जवान यस्तो दृश्य देखेर मन्द मुस्कान मात्र छर्ने काम गर्छन । 


भानुचोक देखी बसपार्क प्रवेश गर्ने ठाउ सम्म १ सयको हाराहारीमा दलालबहरु बस्ने गर्छन जसले यात्रुलाई बसर्पाक भित्र गएर टिकट किन्न दिदैनन । टर्मिनलमा गएर सुरक्षीत र गुणस्रतीय भरपर्दो सेवा लिन दिदैनन ।

 

यात्रुको सुरक्षा र सुविधाकालागि ट्राफिक प्रहरी बोल्दैन । बसर्पाकमा सबै यात्रुबाहक सवारी साधनदलाई बसपार्कबाट संचालन गराउन खोज्ने ट्राफिक प्रहरीका त्याहा खटिएका कर्मचारीलाई सरुवा गर्ने गरिएको छ ।

 

नेपाल प्रहरीको बसर्पाक भित्रै प्रहरी चौकी छ । प्रहरी नायव निरिक्षकको कमाण्डमा प्रहरी खटिएको छ । तर  प्रहरीले यात्रुहरुले भोग्नु परेको समस्याको बारेमा केही चासो राख्दैन । ट्राफिक प्रहरी र नेपाल प्रहरीले यत्रो ठुलो लागतमा निर्माण भएको पूर्वाधार टर्मिनल बसपार्क संचालनमा किन सहयोग नगरेको होला भन्ने प्रश्न उठेको छ । ट्राफिक प्रहरी कै अगुवाई मा गत जेठ २ गते  सबैखाले यात्रुवाहक सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन गर्ने सहमति बनाइएको थियो ।


    सहमति भएको केही दिन बस पार्कभित्रबाट यात्रुवाहक बस सञ्चालन भएपनि अहिले पुरानै अवस्था बनेको छ । बाहिरबाट टिकट काट्ने, बाहिरबाट यात्रु राख्ने कार्यले पुनः सो स्थानमा ट्राफिक समस्या भएको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षकले बसपार्कको समस्याको बिषयमा पनि ध्यान दिने बताउनु भयो । आफू भर्खर आएकोले केही कुराहरु बुझ्दै छु बसपार्कको समस्याको बिषयमा आफनो ध्यान जाने उहाँको  भनाई छ । 
  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.