logo

कोरोना कहरबाट पर्साका नागरिकलाई जोगाउन भूमिका खेलेको भन्दै महानगरद्वारा प्रहरी उपरिक्षक पन्तलाई सम्मान

      1/7/2021 गते 00 00 मा प्रकाशित     623   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले भर्खरै पर्साबाट सरुवा हुनुभएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई सम्मान गरेको छ । कोरोना कहरमा नागरिकको जीवन रक्षाकालागि उहाँले निर्वाह गर्नु भएको भूमिका महत्वपूर्ण रहेको भन्दै बीरगंज महानगरपालिकाले उहाँलाई सम्मान गरेको हो । 

कोरोनाकालमा  जिल्लामा शान्ति सुरक्षा व्यवस्थापनदेखि कोरोना संक्रमण नियन्त्रणमा खेलेको भूमिकालाई उच्च मूल्याकंन गर्दै नेपाल सरकारले पंतलाई प्रवल जनसेवा श्री चौथोबाट पुरस्कृत  पनि गरेको छ । 

 


एक वर्ष पर्साको प्रहरी प्रमुखको रुपमा रहनु भएकी पन्तले नागरिकको जीवन रक्षाकालागि खेलेको भूमिकाका कारण उहाँ पर्सामा जन जनको मन मस्तिष्कमा बस्न सफल हुनु भएको छ ।

 

एक वर्षे कार्यकालमा इमान र निष्ठामा रहेर उहाँले काम गर्नु भएको भन्दै पर्साबासीले मुक्त कण्ठले प्रशंसा गर्ने गरेका छन । 


नागरिकको यही भावनाको प्रतिनिधित्व गरेर बीरगंज महानगरले उहाँलाई सम्मान सहित बिदाई गरेको हो । 

कोभिड महामारीको बेलामा कोरोना संक्रमण नियन्त्रण र रोकथाममा अग्रमोर्चामा रहेर आम नागरिकको जीवन रक्षाका लागि वीरगन्ज महानगरपालिकाकासँग समन्वयकारी भूमिका खेल्नुभएको र आइसोलेसन व्यावस्थापन, सामुदायिक परीक्षण तथा अस्पतालहरुमा संक्रमितलाई पु¥याउने काममा समेत खेल्नुभएको महत्वपूर्ण भूमिकाको उच्च सम्मान गर्दै उहाँलाई महानगरपालिकाको तर्फबाट सम्मान गरिएको हो ।

 

प्रहरी उपरीक्षक पन्तलाई आज महानगरपालिका प्रमुख विजय कुमार सरावगीले सम्मान पत्र सहित विदाई गर्नुभएको हो । महानगरपालिकामै आयोजना गरिएको कार्यक्रममा प्रहरी उपरीक्षक पन्तलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित महानगरपालिकाका नगर प्रमुख सरावगीले विदाई गर्नुभएको हो ।

 

कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला लगायतको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.