logo

जन्मदिनको खर्च प्रतिष्ठानलाई, पत्रकार महिलाको बृति बिकासमा खर्च गरिने 

      1/10/2021 गते 00 00 मा प्रकाशित     1259   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजीत एक कार्यक्रममा उहाँले जन्मउतसवमा खर्च हुने ११ हजार रुपैया स्व.बिन्दुदेवी पाण्डे स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गनुृ भएको हो । 


जन्मदिवसमा खर्च गरिने रकम पत्रकार महलिाको बृति बिकासमा र्खच गर्ने गरि प्रतिष्ठानलाई हस्तान्तरण गरिनु राम्रो काम भएको नेपाल पत्रकार महासंघ प्रदेश २ का कार्यवाहक अध्यक्ष के.सी.लामिछानेले बताउनु भयो । 


उहाँले ब्यवसायीत्र पत्रकारिताको बिकास हुन नसकेको चर्चा गर्दै श्रमजीवी पत्रकारहरुले अनेकौ चुनौतीको सामना गर्दै काम गरिरहेको बताउनु भयो । पेशागता तथा भौतीक असुरक्षाको वीचमा पनि पर्साका श्रमजीवी पत्रकारहरुले गरेको काम प्रशंसनीय रहेको कार्यवाहक अध्यक्ष लामिछानेको भनाई थियो ।

 

उहाँले कविता खडकाले प्रतिष्ठालाई जन्मउत्सव मनाउने रकम उपलब्ध गराएर नमुना प्रस्तुत गरेको बताउदै पत्रकार महिलाहरुको सीप बिकासमा आफै स्रोत परिचालन गर्ने यो प्रचलनलाई भोली समाजले उच्च सम्मान गर्ने बताउनु भयो । 


कार्यक्रममा माई टि.भीका सम्पादक सरोज खडकाले प्रतिष्ठाले रकमको सदुयपोग गर्दै राम्रो काम गर्ने बिश्वास ब्यक्त गनुृ भयो । कविता खडकाले आउने दिनमा पनि आफनो तर्फबाट नियमित रुपमा प्रतिष्ठालाई केही रकम हस्तान्तरण गरिरहने बताउनु भयो । उहाँले पत्रकार महिलाहरुको हितकोलागि आफूहरुले कोष बनाएर काम गर्न लागेको पनि उहाँले जानकारी दिनु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, सह सचिव निलिमा पौडेल , बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतले खडकाको कामको उच्च प्रशंसा गर्नु भएको थियो । 


प्रतिष्ठानका अध्यक्ष बिजय भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार लक्ष्मी खरेलले गर्नु  भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.