logo

यातायात ब्यवस्था कार्यल जनकपुरमा अख्तियारको छापा केही कर्मचारी कस्टडीमा

      1/26/2021 गते 00 00 मा प्रकाशित     616   पटक पढिएको

घुस अड्डाको रुपमा कुख्याती कमाएको यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी गरेको छ ।

मंगलबार अपराह्न ५ बजेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  बर्दिबास कार्यालयले जनकपुरको मुजेलीयामा रहेको यातायात ब्यवस्था कार्यालयमा छापमारी गरेको हो । 

सेवाग्राहीसँग घुस वापत लिएको मोटो रकम कार्यालयमै रहेको सूचनाको आधारमा अख्तियारको टोलीले छापामारी गरेको हो । 


अख्तियारको टोलीसंगै धेरै संख्यामा  प्रहरी समेत परिचालन गरिएको छ । प्रहरी सहितको टोलीले कार्यालयको कागजात आफनो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा केही कर्मचारीलाई समेत टोलीले आफनो कस्टडीमा लिएको छ । 

टोलीले केही कर्मचारीलाई कार्यालय भित्रै नियन्त्रणमा लिएर खोज अनुसन्धान गरिरहेका छन् ।


कर्मचारीहरुले बिचौलियाको सेटिंगमा यातायात व्यवस्था कार्यालयमा व्यापक घुसखोरी, भ्रष्टाचार गरिरहेको जनगुनासो छ ।

कार्यालयमा सवारी चालक अनुमती पत्र किनबेच भइरहेको समेत स्रोतले दावी गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.