logo

लगानीको वातावरण र रोजगारी सृजना गर्नुपर्छ : उद्योगपति विनोद चौधरी

      1/28/2021 गते 00 00 मा प्रकाशित     560   पटक पढिएको

उद्योगपति  विनोद चौधरीले नेपालमा लगानीको वातावरण र रोजगारीको सृजना गर्नु पर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार विशेष समितिले वीरगन्जमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहेका चौधरीले राजनीतिकदलहरु भित्रपनि धेरै व्यक्तिहरु गरिखाने व्यक्तिहरु भएकोले उनीहरुका लागि एउटा प्लेटफर्म तयार गर्ने उद्देश्य सहित ‘गरिखाने अभियान’ शुरु गरेको जानकारी दिए ।

म यो कामगर्न चाहान्छु भन्नेले कामको योजना बनाउन सक्नुपर्दछ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय योजनाहरु प्रशस्तै छन् । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार विशेष समितिका संयोजक र निवर्तमान सांसद समेत रहेका उद्योगपति चौधरीले ठगीखाने होईन मुलुकभरी गरिखानेमा विश्वास गर्नेहरुलाई कसरी मूलधारमा ल्याउन सकिन्छ ? त्यसको लागि नेपाली कांग्रेसले नेतृत्व गरेको समिति नै प्लेटफर्म बन्नुपर्छ भन्ने उद्देश्यले अभियान शुरु गरेको र यसलाई छिटै कार्यान्वयनमा ल्याइने पनि उनले बताए ।

समाजमा गरिखानेप्रतिको सकारात्मक भावना र त्यसपछि समाजले गरिखाने भन्ने सिद्धान्तको निर्माण गरेर  परिवर्तन ल्याउने नै अभियानको उद्देश्य रहेको बताए । कोरोनाभाइरस (कोभिड–१९) महामारीले अहिले आपूर्ति श्रृंखला तोडिएको अवस्थामा अब देशमै आफैले केही गर्नुपर्छ भन्ने पाठ सिकाएकोले पनि गरिखाने अभियानले यसको लागि सातवटै प्रदेशमा संरचना निर्माण गर्ने उनले बताए । काम गर्नेहरुलाई हौसला र प्रोत्साहन गर्नुपर्ने बताउदै उनले भने, “फ्रण्टियर्सलाई ल्याउनुपर्छ । बेरियर (अवरोध) लगाउने होईन ।

सकारात्मक दृष्टिकोणका प्रतिनिधि पात्रहरुको संख्या वृद्धि गर्नुपर्छ ।” वीरगन्ज, भनेको उद्योग र व्यावसायको सबैभन्दा अग्रपंक्तिमा रहेको ऐतिहासिक स्थान र पहिचान बोकेको सहर पनि भएकोेले यो गरिखाने अभियानको सुरुवात वीरगन्जबाटै गरिने बताए । उनले थपे, “गरिखाने बन्न चाहान्छौं । राजनीतिक व्यक्तिहरु र राजनीतिज्ञहरुको बीचमा पनि गरिखानेहरुको बर्चस्व हुनुपर्छ । यो एकखालको क्रान्ति नै हो । गरिखाने बन्न चाहान्छौं । संचालन गर्ने पार्टीले मात्रै सम्पन्न राष्ट्र बनाउन सक्छ भन्ने विश्वमा स्थापित भएको छ ।”

कुनै नयाँ चिज र सोच आउने वित्तिकै किन हुन सक्दैन ? भन्नेबाट छलफल शुरु हुन्छ । तर, यो किन होईन, कि जसरी पनि गरि छाड्छौं भन्ने संकल्पका साथ अगाडि बढ्छौं । गर्नसक्नेहरुलाई आफ्नो ठाउँमा उभ्याउन सक्नुपर्छ, उनले भने । अभियानका सहसंयोजक तथा संविधानसभा सदस्य अनिल कुमार रुंगटाले धेरै युवा उद्यमीहरु लगानी सुरक्षाको विषयमा चिन्तित भएकोले उनीहरुलाई लगानीको प्रोत्साहन र वातावरण आवश्यक भएकोले यसको लागि अभियान सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पूर्वमन्त्री सुरेन्द्र चौधरी, संविधानसभा सदस्य उमेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सा अध्यक्ष श्याम बञ्जारा लगायतको उपस्थिति रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.