logo

पत्रकार महासंघ प्रदेश २ को अधिवेशनको भब्य तयारी, बीरगंज महानगर प्रमुख सरावगीलाई सम्मान गरिने

      1/31/2021 गते 00 00 मा प्रकाशित     666   पटक पढिएको

नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश नम्बर २ को दोश्रो प्रदेश अधिवेशन फाल्गुण १ गते बीरगंजमा हुने भएको छ । प्रदेश समितिको आज बीरगंजमा बसेको बैठकले अधिवेशनको तिथि तय गरेको हो । 

 

प्रदेश  अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षता एवम महासंघका केन्द्रिय सदस्य अवधेश झाको बिशेष उपस्थितिमा सम्पन्न बैठकले बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीलाई सम्मान गर्ने निर्णय गरेको छ । 

बैठकले साधारण सभा सभ्य र भब्यरुपमा सम्पन्न गर्नका लागि प्रब्यवस्थापन समिति गठन गरेको छ ।   समितिको सदस्यहरुमा सचिव गुरुप्रसाद गौतम, सदस्यहरु सिकेन्द्र पासवान, जीतलाल श्रेष्ठ, भोजराज भट्टराई, नेपाल पत्रकारमहासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जरा, बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्याय रहेका छन् ।

 


अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष रिन्कु मिश्रा गायत्री, सदस्यहरुमा प्रदेश सदस्य ललिता साह, चन्दा कुमारी साह वीरगंजका कृयाशिल पत्रकारहरु लक्ष्मी खरेल, सुस्मा शर्मा, मारहनु भएको छ । 


पुरस्कार छनौट समितिको संयोजकमा अध्यक्ष दिपेन्द्र चौहानको संयोजकत्वमा अध्यक्षले दुई जना थप्ने गरी तीन जनाको मिति गठन गर्ने निर्णय भएको छ ।


प्रचारको कामको संयोजन गर्नकालागि सचिव आरएन विश्वासको संयोजकत्वमा सदस्यहरु अजय साह, शैलेन्द्र झा, अजित कुमार सिंह र हदिश खुदार रहेको उपसमिति गठन गरेको छ ।

 

आवास तथा भोजन ब्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष प्रविण साह, सदस्यमा जगत राई र सिकेन्द्र पासवान रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.