logo

अन्तराष्ट्रिय श्रमीक नारि दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना, इमनेष्टीद्वारा आठ महिला सम्मानीत

      3/8/2021 गते 00 00 मा प्रकाशित     529   पटक पढिएको

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसः १११ औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

 

लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गरीएको हो ।

नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरिएको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।

सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् ।

 

तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ ।

अन्तराष्ट्रिय श्रमकि महिला दिवसको अवसर पारेर बीरगंजमा पनि बिभिन्न संघ संस्थाहरुले बिभिन्न कार्यक्रम सम्पन्न गरेका छन । इमनेष्टी इन्टरनेशनल समुह १६ ले बीरगंजमा बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ८ जना महिलाहरुलाई सम्मान गरेको छ । बीरगंजको होटेल अम्ब्रेलामा आयोजना गरिएको कार्यक्रममा बीरगंज महानगरपालिकाका उपमेयर सुश्री शान्ति कार्की, चिकित्सक डा.लक्ष्मी थापा, स्वास्थ्यकर्मी अहेमा थापा , सेवानिवृत शिक्षीका अन्जली श्रेष्ठ पत्रकार लक्ष्मी खरले लगायतलाई पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले सम्मान पत्र प्रदान गरेर सम्मान गर्नु भएको थियो ।

 

कार्यक्रममा लायन्स क्लबका पूर्व अन्राष्ट्रिय नर्भनर लायन संजय खेतान, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने बीरगंज उधोगवाणिज्य संघका अध्यष गोपाल केडिया लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा समुहका अध्यक्ष राजेश बोथराले  अध्यक्षता बलराम श्रेष्ठको संचालन र मनोज बावरीको स्वागत गर्नु भएको थियो । 

 चित्रान्स युवा समितिको आयोजनामा“चित्रमन्जरी” चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । चित्रगुप्त मन्दिर परिसरमा ८ मे को अवसरमा चित्रकला प्रतियोगिता  गरिएको हो  ।

चित्रान्स युवा समितिको संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको सो कार्यक्रममा बीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्ण,  चित्रगुप्त समितिका अध्यक्ष महेश दास, आइ.लगायतको सहभागिता रहेको थियो । 

प्रतियोगितामा प्रथम हुनेमा साउथ जोनका बिनय बैठा, दोस्रो स्थान हासिल गर्न सफल   जि.एच.पि.का  विवेक कुमार शाह र  तेस्रो स्थानमा लिटिल फ्लावरकी शिपरा शर्मालाई पुरस्कार बितरण गरिएको थियो । 


१७ बिद्यालयका ३४ जनाको सहभागीता रहेको चित्रमन्जरी २ कार्यक्रममा साहित्यकार हिजो मात्र बिमोचीत क्षमादान उपन्यासका लेखक गणेश लाठ, नेपालयका भुशिता बशिष्ठ, अर्पण शर्मा, सैजन मास्के र अरबिन्द सिह, पत्रकार सुश्मा शर्माले प्रतियोगीहरुलाई शुभकामना दिनु भएको थियो । 

यसैगरि नेपाल पत्रकार महासंघले १ सय ११ औ नारि दिवसको अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ । महासंघको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने , पूर्व केन्द्रीय सदस्य महेश दास , पर्साका अध्यक्ष श्याम बन्जारा पत्रकार महिला संजालका संयोजक लक्ष्मी खरेल माधुरी महतो युवराज खड्का लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.