नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान वल नियुक्त हुनुभएको छ ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चार वर्षका लागि वललाई महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो । उहाँ खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त हुनुभएको हो ।
यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।
काभ्रेपलाञ्चोकका फुलमान पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन् । उहाँ नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी आवद्ध हुनुहुन्छ ।
रेडियो नमबुद्धका संस्थापक अध्यक्ष समेत रहनु भएका बलले कान्तिपुर दैनिकमा डेढ दशकसम्म कला शैलि संयोजन गर्नु भएको थियो । वलले ठूलो पर्दाका चलचित्रको निर्देशनसमेत गरिसक्नुभएको छ ।
तपाईको प्रतिक्रिया