logo

पर्सामा “सेटीङ”मा तस्करी, प्रहरी प्रमुखका प्रिय पात्रको “लाइनमोह”ले प्रहरी गन्हायो

      3/19/2021 गते 00 00 मा प्रकाशित     661   पटक पढिएको

पर्सा जिल्लामा प्रहरीकै मौनतामा अनधिकृत कारोवार बढेको छ । नेपाल प्रहरीका प्रमुखको प्रिय पात्रका रुपमा पर्सामा प्रहरी प्रमुखको रुपमा आउनु भएका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेको अर्थपूर्ण मौनताका कारण पर्साका बिभिन्न नाकाबाट अनधिकृत कारोवार हुने गरेको हो ।

 


०५१ सालमा प्रहरी साहयक निरिक्षक बाट प्रहरी सेवामा प्रवेश गर्नु भएका पाण्डे बालुवाटार जग्गा प्रकरणको अनुसन्धानकर्ताको रुपमा राम्रो काम गरेबापत अहिलेका प्रहरी प्रमुखको प्रिय हुनु भएको थियो । त्यही सम्बन्धका कारण उहाँले पर्साको प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएको कुरा प्रहरी संगठनभित्रै चर्चा हुने गरेको छ ।


प्रहरी प्रमुखको इच्छामा पर्साको प्रहरी प्रमुख बनाइनु भएका पाण्डेको अर्थपूर्ण मौनताका कारण तस्करीको काम बढेको छ । रक्सौलका एक जना अजय नामका तस्करको नेतृत्वमा “सेटीङ”मा कपडाको काम भइरहेको छ । बीरगंजका पनि राजनीतिक हैसियत प्राप्त गरेका ब्यक्तिको आफन्ताको नाममा अनधिकृत कारोवारको लाइन“सेटीङ” भएको एक जना कारोवारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन ।


हड्डी, कवाडी छोहडा, मरिच  र केराउ लगायतको सामानको निर्यातकालागि पनि प्रति महिना निश्चित रकम सहितको “सेटीङ” भएको छ । कपडा, मेशीनरी तथा इलेक्ट्रोनिक्स सामान र भैसी बाख्रा जस्ता बस्तुको आयातमा समेत “सेटीङ” भएको स्रोतको दावी छ । हरेक बस्तुको प्रति महिना रकम तय गरिएको छ । यो रकम मासिक लाखौमा हुने गरेको स्रोतले जनायो ।


“सेटीङ”मा भइरहेको तस्करीको कुरा सार्वजनीक रुपमा प्रकाशन प्रशारणमा नआओस भन्नकालागि “मिडिया म्यानेज” को जिम्मेवारी एक जना प्रहरी अधिकारीलाई दिइएको छ । यो कामको जिम्मा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेका धेरै जसो प्रहरी युनिटमा काम गरेका , अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेका प्रहरी नायव निरिक्षक शुभम राणालाई दिइएको स्रोतको दावी छ ।

राणा पर्साका सबै प्रहरी युनिटमा बसेर काम गरेका ब्यक्ति हुन ।बीरगंजको इनर्वा , छपकैया ,अलौ भिषूवा जानकीटोला लगायतका नाकाबाट “सेटीङ”कोतस्करीको लाइन खुला रहेको स्रोतको दावी छ ।


इमान्दार र निष्ठापूर्वक काम गर्ने बर्तमान प्रहरी प्रमुखको प्रिय पात्र भएकै कारण  प्रहरी प्रधान कार्यालयको अभिलेखमा “क” श्रेणीको जिल्लाको रुपमा रहेको पर्सामा कमाण्डर बनाइनु भएका पाण्डेको “लाइनमोह”ले नेपाल प्रहरीको छवीमाथि नै गम्भिर प्रश्न उठाएको छ ।


प्रदेश २ का प्रहरी प्रमुख धिरज प्रताप सिंहले प्रहरीले लाइन दिएको कुरामा आफूलाई बिश्वास नभएको बताउनु भयो । उहाँले के रहेछ त्यस बिषयमा आफूले पनि गम्भिरतापूर्वक हेर्न र त्यस्तो पाइए कारवाही गर्ने बताउनु भयो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.