logo

कोरोना संक्रमणको प्रभावः पर्सामा सीमा नाकामा कडाई गरिने, २५ जना भन्दा बढी भेला हुन निषेध

      3/23/2021 गते 00 00 मा प्रकाशित     649   पटक पढिएको

पर्सामा स्थानीय प्रशासनले २५ जना भन्दा बढीलाई एक ठाउमा भेला हुन निषेध गरेको छ । पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोराना भाइरसको संक्रमण बढदै गएपछि आवशयक सर्तकर्ता अपनाउदै पर्सामा यस्तो निर्णय गरिएको हो ।

 

मङ्गलबार बसेको जिल्ला कोभिड व्यवस्थापन कमिटी पर्साको बैठकले सीमा नाकामा पनि उच्च सर्तकर्ता अपनाउन  तथा  भेला, सम्मेलन र भिडभाड हुने कार्यक्रमहरु गर्न नदिने निर्णय गरेको छ । 


रंगहरुको पर्व फागुपूर्णीमाको अवसरमा समेत रंग खेल्दा २५ जना भन्दा बढीको सहभागिता नगर्न र सहभागी नहुन समेत स्थानीय प्रशासनले अपिल गरेको छ ।  प्रशासनको अपिलको बर्खिलाप गरेमा कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले बताउनु भयो । 

डिसीएमसीको बैठकले सीमा नाकालाई ब्यवस्थित गर्नकालागि नेपाल प्रहरी र शास्त्र प्रहरी परिचालन गर्ने र स्वास्थ्य चेकजाँचका लागि हेल्थ डेस्क स्थापन गर्ने निर्णय गरेको छ । 

हेल्थ डेस्कमा भारतबाट आएकाहरुको स्वास्थ्य परिक्षण गरिने उनले जानकारी दिए ।  भारतमा कोरोना संक्रमण बढिरहेको राज्यबाट आउँनेहरुलाई सिमानाकामा रोकेर आरडीटी परिक्षण गरिने छ । आरडीटीमा पोजेटिभ देखिएको व्यक्तिलाई तत्कालै आरटि पिसिआर परिक्षण गर्दै अईसोलेट गरिने निर्णय भएको छ । 

बैठकले तत्कालका लागि गोपाल मण्डली र कलवार धर्मशालालाई क्वारेन्टिन र नारायणी अस्पतालमा अईसियुसहितको कोभिड विशेष कक्ष सञ्चालन गर्ने निर्णय गरेको बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो  ।

 

महानगरको समन्वयमा क्वारेन्टिन संचालन गर्ने निर्णय भएको उहाँले बताउनु भयो । बैठकले पोखरिया अस्पताल, बगही स्वास्थ्य केन्द्र र भिखमपुरको स्वास्थ्य केन्द्रमा पनि आवश्यकता परेको खण्डमा कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने निर्णय भएको बताउनु भयो ।
 बैठकले राती ९ बजेपछि बजार पूर्ण रुपले बन्द गर्नुपर्ने निर्णय गरको छ ।

बैठकमा  पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, पर्साका शास्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नारायणी अस्पतालका मेसु डा. संजय ठाकुर, ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीलगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.