logo

पर्सामा निषेधाज्ञा , के गर्न पाइने , के नपाइने

      4/27/2021 गते 00 00 मा प्रकाशित     535   पटक पढिएको

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला भरिमा एक साताकोलागि  निषेधाज्ञा जारी गरेको छ। सिफारिशको आधारमा  संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) को अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनु भयो  ।

 


बैशाख १६ गते बिहान ४ बजेदेखि २२ गते राति १२ बजेसम्म लागू हुने गरी उक्त आदेश जारी गरिएको हो । निषेधाज्ञाको सो अवधिमा औषधी उपचार  एवम् अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्किन नपाईने, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ् पुल, सपिङ् मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन नगर्ने, विवाह, बर्तबन्ध जस्ता सामाजिक कार्यको हकमा जिल्ला प्रशासन कार्यालय पर्साबाट अनुमति लिएर स्वास्थ्य प्रोटोकलको पालना गरी बढीमा १५ जनासम्मको उपस्थितीमा गर्न पाइने लगायतका आदेश जारी गरिएको छ ।

यस्तै मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवम् सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षिको दाना लगायतका ढुवानीका सवारी साधन, आइसोलेशन एवम् होल्डिंग सेन्टर ब्यस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त (पास) सवारी साधनबाहेक अन्य सबै प्रकारका नीजि तथा सार्वजनिक ९(दुई पाङ्ग्रे सहितका)  यातायातका सवारी साधन सञ्चालन गर्न पनि रोक लगाइएको आदेशमा उल्लेख छ ।

 

खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेक अन्य सबै पसल, व्यवसाय हाललाई सञ्चालन नगर्ने, खाद्य वस्तुका पसल, व्यवसायहरु बिहान १० बजेसम्म मात्र स्वास्थ्य मापदण्डको पालना गरीरराई खोल्न पाइने छ ।

वीरगञ्जको ईनर्वा नाका बाहेकका नाकाबाट प्रवेश गर्न तथा अन्य सीमाबाट आवागमन गर्न  पूर्ण रुपमा रोक लगाइएको जारी आदेशमा उल्लेख छ । ईनर्वा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य चाँज र प्रक्रिया पु¥याएर तोकिएको आइसोलेसन वा होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने छ ।

 

अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी र सञ्चरकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवतजावत गर्नुपर्ने छ । अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक तथा नीजि सेवा प्रवाह हाललाई स्थगित गरिएको पनि घिमिरेको भनाई छ ।

 

आदेश विपरित काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने पनि प्रजिअ घिमिरले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.