logo

वीरगन्ज महानगरले अस्थायी कोभिड अस्पताल र आईशोलेसन सेण्टर बनाउने, आधारभूत सुविधा निशुल्क

      5/4/2021 गते 00 00 मा प्रकाशित     830   पटक पढिएको

 वीरगंज महानगरपालिकाले एक सय वेड क्षमताको अस्थायी कोभिड अस्पताल र एकसय वेड क्षमताको आइसोलेशन सेन्टर बैशाख २४ गते शुक्रवारदेखि संचालन गर्ने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र  पर्साको मंगलवार बसेको बैठकले महानगरपालिकामा अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर संचालन गर्ने निर्णय गरेको हो ।  

 


    वीरगंजमा कोभिड संक्रमितहरुको संख्या वढदो अवस्थामा रहेको र संक्रमित व्यक्तिहरुमा अक्सिजन दिनुपर्ने अवस्था देखिएकोले वीरगंजमा रहेका अस्पतालमा उपचार गर्ने ठाउँ समेत नभएको अवस्थामा महानगरपालिकाले आफ्ना नागरिकको जीवन रक्षाका लागि कोभिड अस्पताल र आइसोलेशन सेन्टर संचालन गर्न लागेको महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वताउनु भयो । 


वीरगंजको घडिअर्वा स्थित गोपाल मण्डली धर्मशालामा अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर वैशाख २४ गते देखि संचालन गर्न लागिएको नगर प्रमुख सरावगीले वताउनु भयो । कोभिड अस्थायी अस्पतालमा डाक्टर सहित प्यारामेडिकल स्टाफ समेत राखेर कोभिड संक्रमितहरुको उपचार गरिनेछ । 


उहाँका अनुसार कोभिड अस्थायी अस्पतालमा अक्सिजन सहितको वेडको व्यवस्था गरिनेछ । अव होम आइसोलेशनमा रहेका विरामीहरुको लागि स्वास्थ्यकर्मीको निगरानीमा औषधी र अक्सिजन दिनुपर्ने भएकोले होम आइसोलेशनमा रहेका अक्सिजन प्रयोग गर्नु पर्र्ने विरामीहरुलाई अस्थायी कोभिड अस्पतालमा उपचारार्थ भर्ना गरिने नगर प्रमुख सरावगीले वताउनु भयो । 


होम आइसोलेशनमा अक्सिजन प्रयोग गरिरहेका विरामीहरुको अवस्था समेत जटिल वन्न थालेकोले डाक्टरको निगरानीमा उपचार गर्न महानगरपालिकाले कोभिड अस्पताल संचालन गर्न लागेको प्रमुख सरावगीले जानकारी दिनुभयो । 


कोभिड अस्पतालमा उपचारार्थ भर्ना भएका संक्रमितहरुलाई अक्सिजन, औषधी र खाजा, खाना समेत महानगरपालिकाले निशुल्क रुपमा उपलब्ध गराउने प्रमुख सरावगीले वताउनु भयो । वीरगज महानगरपालिकाले केही दिन अघि मात्र एम्वुलेन्स, शव वहान सेवा संचालनमा ल्याएको छ ।

 

त्यसै गरी लायन्स क्लवको साझेदारीमा कोभिड संक्रमितहरुको निशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउदै आएको छ । वीरगंज महानगरपालिकाले कोभिड संक्रमितलाई वडा कार्यालय मार्फत घरघरमा औषधी वितरण गदै आएको छ । 


वीरगंजमा गत वर्ष कोभिड १९ को संक्रमण समुदाय स्तरमा फैलिए पछि महानगरपालिकाले वीरगंजवासीको उपचारको लागि वीरगंज स्थित गण्डक अस्पताललाइ भाडामा लिएर अस्थायी कोभिड अस्पताल संचालन गरेका थियो । गण्डक कोभिड अस्पतालमा ४०४ जना र महानगरपालिकाले संचालन गरेको सिद्धार्थ आइसोलेशन सेन्टरमा १२३ जना संक्रमितहरुहो उपचार गरिएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.