logo

कोरोनाबाट मृत्यु भए परिवारको सदस्यलाई रोजगार, जवाफदेही छिपहरमाई सरकार

      5/7/2021 गते 00 00 मा प्रकाशित     647   पटक पढिएको

छिपहरमाई गाउँ पालिकाका अध्यक्ष मनोज गुप्ताले गाउँपालिकाका नागरिकलाई रोग लुकाएर घरमै नबस्न आग्रह गर्नु भएको छ ।

 

गाउँपालिकाको तर्फबाट एक सूचना जारी गर्दै अध्यक्ष गुप्ताले गाउँपालिकाले आस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको बताउदै  सबै परिक्षण निशुल्क परिक्षण गरिने समेत उल्लेख गर्नु भएको  छ । 


निषेधाज्ञाका कारण नियमित औषधी सेवन गरिरहेका अन्य रोगका बिरामीहरुले पनि औषधी आपूर्तीमा समस्या भए औषधीको नाम टिपाउन आग्ह गर्नु भएको छ ।

 

बिरामीले टिपाएको औषधी गाउँपालिकाको तर्फबाट खरिद गरि उपलब्ध गराईदिनेगरि सेवा दिने ब्यवस्था गरिएको उहााले बताउनु भयो । अन्य रोगका बिरामीकालागि ल्याइने औषधीको रकम भने सम्बन्धीत ब्यक्तिले  ब्यहोर्नु पर्ने छ । अप्ठयारो समयमा ब्यवस्थापनमा गाउँपालिकाले सहजीकरण गर्ने गरि तयारी गरेको अध्यक्ष गुप्ताले बताउनु भयो । 


अध्यक्ष गुप्ताले अक्सीजन सिलिण्डर सहितको कोभिड अस्पताल संचालनमा गाउँपालिका जुटेको बताउनु भयो । एउटा सिलिण्डर छ अरुको पनि ब्यवस्थापन गर्ने कोशीस जारी रहेको उहाँले बताउनु भयो । 

 

कोरोना संक्रमितलाई गाउँपालिका भित्रै १५ बेडको आइसोलेसन समेत तयार गरिएको अध्यक्ष गुप्ताले बताउनु भयो । गापामा भएका बर्थिङ सेन्टरलाई आइसोलेसनको रुपमा परिवर्तन गरेर तत्काल गाउँपालिका बासीलाई सुबिधा प्रदान गरिएको गुप्ताले बताउनु भयो । 


 गापा भरी कोरोना संक्रमित देखिएमा गाउँपालिकाले निशुल्क उपचार गर्ने र संक्रमितको मृत्यु भएमा मृतक परिवारको एक जनालाई गापामै रोजगारको ब्यवस्था गर्ने घोषणा प्रमुख गुप्ताले घोषणा गर्नु भएको छ । गुप्ताको यो घोषणा संग उहाँको चर्चा चुलिएको छ । नागरिक प्रतिको दायित्व निर्वाहमा गुप्ताले गरेका निर्णय र घोषणाले स्थानीय सरकारले चाहदा धेरै गर्न सक्ने आधार रहेको पुष्टि गरेको छ । 

 

उहाँले गाउँपालिका भित्र कोई कसैलाई ज्वरो, रुघखोकी,जिउ दुख्ने तथा कोरोना भाइरस संक्रमण सम्बन्धि लक्षण देखिएमा तुरुन्त अस्थाई कोभिड अस्पतालमा गई चेकजाँच गराउन गाउँपालिका मार्फत अपिल गरिएको बताउनु भयो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.