logo

बीरगंज महानगरपालिकाले सोमवार देखी स्वाब संकलन केन्द्रमै एन्टीजेन परीक्षण गर्ने

      5/9/2021 गते 00 00 मा प्रकाशित     575   पटक पढिएको


बैशाख २४ गते देखी पिसीआर परिक्षणकालागि स्वाब संकलन गरिरेको बीरगंज महानगरपालिकाले बैशाख २७ गते देखी स्वाब संकलन केन्द्रमै एन्टीजेन परीक्षण गर्ने भएको छ । त्यसका लागि नारायणी अस्पतालले १ हजार थान एन्टीजेन किट उपलब्ध गराउनेछ । 

तीन दिन देखी महानगरले स्वाब संकलन गरेर परिक्षणकालागि नारायणी अस्पतालमा पठाउदा  अस्पतालले रिपोर्ट दिन सकेको थिएन । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा संजय ठाकुरले अस्पतालमा उपचारकालागि आएका बिरामी पहिलो प्रथामिकता परेकोले र जनशक्तिको अभावमा परिक्षण हुन नसकेको बताउनु भयो । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसंग भएको बैठकमै पीसीआर परीक्षणलाई कम प्राथमिकता दिनेबारे सहमति भएको थियो । 


अब महानगरपालिकाले स्वाब संकलन गरेर तत्कालै एन्टीजेन परीक्षण गर्ने, लक्षण भएका तर एन्टीजेन नेगेटिभ आएकाको मात्रै स्वाब नमुना पीसीआरका लागि पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भयो  ।

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण हुँदा हुँदै पनि एन्टीजेन नेगेटिभ आए मात्रै पीसीआरका लागि स्वाब नमुना संकलन गरेर नारायणी पठाउने हो त्यसकालागि महानगरलाई एन्टीजेन किट नारायणी अस्पतालले दिने प्रजीअ घिमिरेले बताउनु भयो । 
बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले अस्पतालले किट दिए त्यसै अनुसार गर्ने बताउनु भयो । 

उहाँले महानगरपालिकाले २० लाख मुल्य बराबरको एन्टीजीन किट खरिदका लागि टेन्डर प्रक्रिया शुरु गरिसकेको  जानकारी दिनु भयो  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.