logo

पर्सामा निषेधाज्ञा फेरी थपियो, नारायणीको प्रयोगशालामा अव २४ घण्टा परिक्षणको ब्यवस्था हुने

      5/12/2021 गते 00 00 मा प्रकाशित     490   पटक पढिएको

कोरोना भाइरसको संक्रमणको “चेन” तोड्ने भन्दै बैशाख १६ गते देखी जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन पर्साको डीसीसीएसीले सिफारिश गरेको छ ।

 

यही सिफारिशका आधारमा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निषेधाज्ञा थपको आदेश जारी गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय सम्बद्ध स्रोतले जनायो । 


बैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा पहिलोपटक थप गरेर बैशाख ३० गते मध्यराति १२ बजेसम्म लम्ब्याईएको थियो । 

यसैगरी बैठकले नारायणी अस्पतालको प्रयोगशालालाई  २४ घण्टा संचालनमा ल्याउने गरि ब्यवस्थापन गर्न निर्णय गरेको छ ।

 

तीन सिफ्टमा कोरोना भाइरसको परिक्षण गर्ने गरि जनशक्ति थप गर्ने भएको छ । त्यसका लागि मेडिकल, माइक्रोबायोलोजिष्ट (एमएससीरएमडी) र ल्याब टेक्नोलोजिष्ट गरी तीन जना जनशक्ति कारारमा लिने निर्णय गरेको छ ।

 

आवश्यक प्रक्रिया पुर्‍याइ बढीमा तीन महिनाको लागि नारायणी अस्पतालले राख्ने स्वास्थ्यकर्मीको पारिश्रमिक डीसीसीएमसीमार्फत उपलब्ध गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


बीरगंज भन्सार कार्यालयको स्वामित्वमा रहेको भन्सार गोदाम पश्चिमको करिब साढे २ बिगाह सरकारी जग्गालाई होल्डिग सेन्टर बनाउन उपयुक्त देखिएकोले होल्डिङ्ग  सेन्टर निर्माणकालागि  गृह मन्त्रालयमा सिफारिस गरी पठाउने निर्णय पनि गरेको छ । 

 

कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी मुस्लीम धर्मावलम्बीहरुको महान चाड ईदको अवसरमा सबै सर्वसाधारणलाई मस्जिद, बजार जस्ता ठाउँमा भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै आआफ्नो घरमा चाँडपर्व पूर्ण सजगताका साथ मनाउन अनुरोध गर्ने  निर्णय गरेको छ ।

 

वीरगञ्ज नाकामा करिब एक हजार बेड क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय संघीय सरकारले गरेको छ । मन्त्रिपरिषद्को वैशाख १३ गते बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.