logo

स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई टिमको अपिल, स्वास्थ्य क्षेत्रका बेथिति नियन्त्रण गर्न प्रशासनलाई आग्रह

      5/16/2021 गते 00 00 मा प्रकाशित     547   पटक पढिएको

कोभिड एक्सन टीम बीरगंजले आम नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोभिड एक्सन टिमको आज बसेको बैठकले यस्तो आग्रह गरेको हो ।

 

कोरोना भाइरसको नयाँ भेरियन्टको दोश्रो लहरको महामारीमा मुलुक परेको र मुलुकको स्वास्थ्य संरचना अपुग भएको यो अवस्थामा आफनो रक्षाकालागि स्वास्थ्य मापदण्डको पालना गरेर योगदान गर्न टिमले आग्रह गरेको हो । अकिसजनको अभाव छ ।

 

भेन्टिलेटर पाउन छाडेको अवस्थामा कोरोना भाइरसको संक्रमणलाई ब्रेक गर्न आवश्यक रहेको भन्दै टिमले आम मान्छेलाई सम्बदनशील बन्न आग्रह गरेको टिमका सदस्य तवरेज अहमदे बताउनु भयो । 


अवस्था निकै प्रतिकूल छ यस्तोमा नागरिकले आफूलाई सुरक्षीत राख्ने कुरामा ध्यान दिन आवश्यक रहेको चर्चा गर्दै अहमदले महामारीलाई ख्याल ठान्न नहुने बताउनु भयो । 


बैठकले  कोरोना भाइरसको संक्रमणका कारण बिरामी हुनु भएका नागरिकलाई उपचार सेवा दिदै आउनु भएका चिकित्सक स्वास्थ्यकर्मीको कामलाई प्रशंसा गर्दै नारायणी अस्पताल सहितका स्वास्थ्य संरचनाहरुलाई धन्यवाद दिएको छ । 

 

 कोभिड एक्सन टीमका संयोजक एव् जिल्ला समन्वय समितिका सभापती नेक महमद अंसारीको अध्यक्षतामा बसेको बैठकले कोभिड एक्सन टीम, नागकिको सहयोगका आफनो तर्फबाट सक्दो सहयोग उपलब्ध गराउन क्रियाशिल रहिरहने जनाएको छ।

 

कोरोना भाइरसको संक्रमण निम्त्याएको महामारीको बेलामा कतिपय स्वास्थ्य संस्थाले नागरिकको ढाडै सेक्ने गरि महंगो मूल्यमा सेवा  दिदै कालोबजारी समेत गरेको गुनासाहरु आइरहेको प्रति पनि कोडि एक्सशन टिमले चासो राखेको छ ।

 

टिमले महंगो शुल्कमा सेवा दिने , कोभिडका बिरामीलाई उपचारकालागि भर्ना नगर्ने , बेड छैन भन्दै बिरामी फर्काउने र पैसा दिन्छु भने पछि बिरामी भर्ना गर्ने प्रवृति देखिदे गएकोमा चिन्ता ब्यक्त गर्दै टिमले स्थानीय प्रशासनलाई स्वास्थ्य सेवामा देखिएको यस्तो खाले बेथिती नियन्त्रण गर्न आग्रह गरेको छ । 


त्यस्तै आज बसेको टीमको बैठकले कोभिड एक्सन टीमका संयोजक एव् जिल्ला समन्वय समितिका सभापती नेक महमद अंसारीको नेतृत्वमा पर्साका अस्पतालहरुको सेवा सुविधाको प्रभावकारीता र भौतिक संरचनाको अवस्था बारे अनुगमन समेत गर्ने  निर्णय गरेको टिमका सदस्य नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.