logo

नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट जडान गर्ने योजनाबाट पछि हट्यो महानगर 

      5/20/2021 गते 00 00 मा प्रकाशित     521   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाले नारायणी अस्पतालमा स्थापना गर्न लागेको स्वचालित अक्सिजन प्लाण्टको योजना स्थगित भएको जनाएको छ ।

 

महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बिहिवार एक  विज्ञप्ति जारी गर्दै महानगर अक्सिजन प्लान्ट जडानको योजनाबाट पछाडि हटेको जानकारी दिनु भएको हो । 

 


कोरोना भाइरसको दोश्रो भेरियन्ट सहितको संक्रमण निकै पीडादायी भएको र अक्सिजनको अभावमा ज्यान गइरहेको बेलामा महानगरले अक्सिजन प्लान्ट जडानको योजना अगाडि सारेको थियो ।

 

दाताहरुको सहयोग र महानगरपालिकाको पनि लगानीमा अक्सिजन प्लाण्ट स्थापना गर्ने योजना सहितको कार्यक्रम अगाडि बढाउदा सामाजिक संजाल र संचार माध्यममा भएका टिप्पणी प्रति महानगरले आफनो ध्यानाकर्षण भएको जनाएको छ । 


 नेपाल सरकारले पनि अक्सिजन प्लाण्ट निर्माणका लागि नारायणी अस्पताललाई आर्थिक अनुदान उपलब्ध गराईदिएको जानकारी हुन आएको र महानगरपालिकाले अक्सिजन प्लाण्ट स्थापनाका लागि खर्च गर्न नपर्ने भएपछि योजना स्थगित गरिएको जारी बिज्ञप्तिमा उल्लेख छ  ।

 

महानगरपालिकाले अक्सिजन प्लाण्ट जडान स्थगित भएपछि यसका लागि सार्वजनिक अपिल मार्फत दाताहरुले उपलब्ध गराएको सहयोग रकम उनीहरुको सहमतीमा कोभिड–१९ नियन्त्रणको अन्य काममा खर्च गरिने समेत जनाएको छ ।

 

अक्सिजन प्लाण्ट स्थगित गरेपनि नारायणी अस्पतालमा विद्युत सेवालाई प्रभावकारी बनाउनका लागि ३०० केभिएको ट्रान्सफमर तथा २० केभिएको युपिएस जडान कार्य भने अगाडी बढाईने महानगर प्रमुख सरावगीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

 

पर्सा क्षेत्र नम्बर २ का संघीय संसद विमल श्रीवास्तवको संसदीय कोषबाट खर्च हुनेगरी १ करोड ४८ लाखको बोलपत्र स्वीकृत भईसकेको तर ठेकेदारले हालसम्म पनि अक्सिजन प्लाण्ट आपूर्तिमा ढिलाई गरेकोले महानगरपालिकाले १५ दिनमा अक्सिजन प्लाण्ट लगाउने गरी योजना अगाडी बढाएको अवस्थामा अक्सिजन प्लाण्टको लागि नेपाल सरकारले नारायणी अस्पताललाई रकम निकासा गरेको हुँदा अस्पताल प्रशासनलाई तत्काल प्लाण्ट जडान गर्न माग समेत गर्नुभएको छ ।

 

वीरगन्ज महानगरपालिकाको तर्फबाट यसअघि एउटा भेण्टिलेटर उपलब्ध गराएको र केही दिनमै फेरी थप ३ वटा भेण्टिलेटर नारायणी अस्पतालमा उपलब्ध गराउने समेत महानगर प्रमुख सरावगीले जानकारी दिनुभयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.