logo

नेपाल सरकारले निजी अस्पतालका लागि तोकेको मापदण्ड भन्दा कम  शुल्क लिएको प्रभू अस्पतालको प्रष्टोक्ति

      5/20/2021 गते 00 00 मा प्रकाशित     481   पटक पढिएको

प्रभू अस्पताल बीरगंजले एक बिज्ञप्ति जारी गर्दै अस्पतालका बारेमा सामाजिक संजाल र संचार माध्यममा आएका टिप्पणी प्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ । 

 

प्रभू अस्पतालले बिरामीसंग बढी शुल्क लिएको भन्दै आएका टिप्पणी प्रति आफनो ध्यानाकर्षण भएको जनाउदै अस्पतालले  कोरोना संक्रमितहरुको उपचारको लागि स्वास्थ्य मन्त्रालयले  निजी अस्पतालहरुलाई दिइएको मापदण्डभित्र रहेर मात्रै शुल्क लिएको स्पष्ट पार्दछौ भनेको । 

 

अस्पतालले दोश्रो भेरियन्टको आक्रमक लहरका कारण भयावह अवस्था रहेको बेलामा  ज्यानलाई जोखिममा राखेर कोरोना संक्रमीत बिरामीको उपचार शुरु गरेको जनाएको छ । यो अवस्थामा सेवा भावका कारण उपचार सेवा संचालन गरिएको र अस्पतालको मूल्य र मान्यता पनि त्यही रहेको अस्पतालले जनाएको छ । 

 

यस्तो महामारीमा घर परिवारबाट टाढा बसेर बिरामीको ज्यान जोगाउन खटिनुहुने चिकित्सक र कर्मचारीहरुको योगदान र क्रियाशिलताको अस्पतालले सम्मान गर्दछ । यो अवस्थामा कोभिड संक्रमीतको उपचारमा अटिदा उहाँहरुको मनोवल बढाउन अस्पतालको तर्फबाट २ देखी ३ सय प्रतिशत सम्म सेवा सुविधा बृद्धि गरिएको छ ।

 

 २ छक खाना २ छाक खाजा  उहाँहरु आफै संक्रमीत भएमा निशुल्क उपचारको ब्यवस्था मिलाइएको र त्यसैको  प्रतिफल कोभिड संक्रमीत बिरामीले  प्रभू अस्पतालमा गुणस्तरीय सेवा पाएको अस्पतालले जनाएको छ । 


कोरोना विरामीहरूको उपचार गर्दागर्दै कतिपय हाम्रा चिकित्सक तथा कर्मचारीहरू आफै संक्रमित हुनपुग्नु भएको छ । अक्सिजन सिलिन्डर पुर्याउदाँ पुर्याउदै एकजना कर्मचारीको हात फ्याकचर भएको छ भने, दुईरदुई जना कर्मचारीहरू घाईते हुनु भएको छ ।

 

महामारीले औषधी मात्रै नभई अस्पतालका लागि चाहिने हरेक समानको भाउ अकासिएको छ । यी र यस्तै अतिरिक्त खर्च बढेकाले समान्य अवस्था भन्दा कोरोना महामारीमा निजी अस्पतालको उपचार महंगो हुन गएको सत्य सबैका सामु छ  । अस्पतालले  नेपाल सरकारले निजी अस्पतालका लागि तोकेको मापदण्ड भन्दा कम नै शुल्क लिएको लिएको समेत प्रष्ट पारेको छ  । 
 
सर्लाही घर भएकी ६५ वर्षिय उर्मिला देवीको सन्दर्भमा भने वहाँ वैशाख २७ गते भर्ना हुनुभएको थियोे । अस्पतालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

 

विभिन्न चेकअप गराउदाँ वहाँमा कोरोना भाइरसले इन्फेक्सन गरेकाले वहाँको ज्यान जोगाउन हाम्रा चिकित्सकहरूले हदैसम्म प्रयास गर्नुभयो र त्यो सफल पनि भयो । यो कुरा स्वयम् वहाँका परिवारजनलाई सर्वविदितै छ । जटिल अवस्थामा आउनुभएको वहाँलाई  हाई फ्लो डबल अक्सिजन दिएर उपचार गरिएको हो ।

 

जोखिम मोलेर वहाँको छातिभित्रको कफ निकाल्न विहान वेलुका नर्स र चिकित्सक लाग्नु भएको थियोे ।फोक्सो मै भाइरसले आक्रमण गरेकाले जटिल अवस्थामा पुग्नुभएको वहाँ प्रभु अस्पतालका चिकित्सक कर्मचारीको  प्रयासले स्वास्थ्य हुनु भई जेष्ठ ४ गते डिस्चार्ज भईसक्नु भएको बिज्ञिप्तिमा उल्लेख छ । 


वहाँ उपचाररत रहदाँ शुल्क लगायत विषयमा अस्पताल प्रशासन समक्ष कुनै गुनासो आएको छैन् तर डिस्चार्ज भएपछि यस विषयमा टिका टिप्पणी आएकामा अस्पतालर्ला आश्चर्य लागेको बिज्ञप्तिमा उल्लेख छ ।  


प्राविधिक त्रुटीले कम्पयुटर विलिङ्गमा बिप्याप द्वारा अक्सिजन तथा डबल हाइ फ्लो आक्सिजन शुल्क हुनुपर्नेमा अक्सिजन मात्रै हुन गएकाले सोहीलाई अधार बनाएर टिकाटिप्पणी गर्नु उचित नभएको अस्पतालको बनाई छ। 
महामारीमा प्रभु अस्पतालले स्वास्थ्य मन्त्रालयले तोकेको भन्दा कोहिसंग पनि बढी शुल्क नलिएको पुनः सबैमा निवेदन गर्दछौँ ।

 

विरामीको उपचार नै सर्वोपरी भएकाले विरामीको ज्यान जोगाउन  प्रभु हस्पिटल कुनै कसर बाँकी नराख्ने हुदाँ भम्रमा नपर्न सर्वसाधारणमा निवेदन गर्न चाहन्छौँ अस्पतालले जारी गरेको बिज्ञप्तिमा लेखिएको छ  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.