logo

कोरोना विरुद्धको खोप खरिदकालागिवीरगन्जमहानगरपालिकाको अनुमति माँग

      5/24/2021 गते 00 00 मा प्रकाशित     566   पटक पढिएको

सरकारले सबै नागरिकलाई सहज रुपमाखोप उपलब्ध गराउन नसकेपछि स्थानीय तह र निजीक्षेत्रले खोप खरिदको अनुमतिमाग गरेको छ ।


स्थानीय सरकारको हैसियतमा पहिलो पटक कोरोना परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरेको वीरगन्जमहागनरपालिकाले दोश्रो चरणको कोरोना लहरमा कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार पत्राचार गर्दै महानगरपालिकाले १ लाख नागरिकलाई लगाउन खोप खरिद कालागि अनुमति मागेको महानगर प्रमुख बिजय  सरावगीले बताउनु भयो ।


कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्य सहित खोप खरिदकालागि सरकारसँग अनुमति माग गरिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो ।उहाँका अनुसार अमेरिकी कम्पनी फाईजर र रसियन खोप स्पुतनिक–५ खोप राम्रो छ ।

 

सरकारले अनुमतिदिए मगाएर नगरबासीलाई लगाउने नगर प्रमुख सरावगीले बताउनु भयो । उहाँले भन्नुभयो, खोपले नागरिक बचाउन सकिन्छ भने ५÷७ करोड खर्च गरेर खोप आउँछ, किनखर्च नगर्ने ?भनेर अनुमति मागेका हौं ।’


खोप उत्पादन गर्ने देशमा कम्पनीहरुले नै खोपको डिल गरिरहेको र आफूसँग ती कम्पनीसँग डिल गर्न सक्ने संयन्त्र रहेको उनको भनाइ छ । महानगरपालिकाले नेपाल सरकारले तोकेको नियम अनुसार नै खोप खरिद र प्रयोग गर्ने उहाँले बताउनुभयो । आमजनताको जीवन रक्षाकालागि खोप मात्र कोभिड विरुद्धको लडाई जित्न सक्ने अस्त्र बनेको छ । 


समुदाय स्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा लक्षणसहितका संक्रमित बढी देखिएको छ । अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या धेरै छ । अस्पतालमा आईसीयू, भेन्टिलेटरको अभाव देखिएको छ ।

 

सबै नागरिकसम्म खोप पु¥याउन सरकारको तर्फबाट भएका प्रयास ठोस प्रभावकारी हुन नसकेको भन्दै महानगरले स्वास्थ्य मन्त्रालयमा खोप खरिदको अनुमित माग गर्दै पत्र पठाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.