logo

आचार सहिता उल्लंघन भएको प्रति सरोकारवाला चिन्तित, संकटको बेलामा काउन्सिलको सहयोगको अपेक्षा

      6/6/2021 गते 00 00 मा प्रकाशित     553   पटक पढिएको

माहामारीको बेलामा पत्रकारहरु , संचार माध्यम र आचार संहिता पालनको अवस्थाको बिषयमा प्रदेश २ का पत्रकारहरुकावीमा भर्चुल अन्तरक्रिया सम्पन्न भएको छ ।

 

महामारीका कारण संचार माध्यम र पत्रकारहरुले सामना गर्नु परेका समस्याहरुको बारेमा समेत अन्तरक्रियामा छलफल भएको थियो । 


कार्यक्रममा प्रेस काउन्सिलका नव नियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलको तर्फबाट  संचार माध्यम र संचारकर्मीलाई सहयोग उपलब्ध गराउने कुरामा आफनो ध्यान जाने बताउनु भयो ।

 

अध्यक्षको कार्यभार सम्हाल्ने बित्तिकै प्रदेश २ का साथीहरुसंग कार्यक्रममा जोडिन पाएकोमा उहाँले खुशी ब्यक्त गनुृ भयो ।

 

उहाँले संचार माध्यम पत्रकारहरु र अहिले कोरोना संक्रमण परेर उपचार गराई रहनु भएका पत्रकारहरुलाई काउन्सिलको तर्फबाट सहयोग गर्दै सरकारबाट पनि सहयोग उपलब्ध गराउने दिशामा आफनो पहलकदमी हुने बताउनु भयो । 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिब दिपेन्द्र चौहानले संकटका बेलामा संचारकर्मीहरु बाँच्ने अवस्थाका सृजना  गर्न प्रेस काउन्सिलको ध्यानाकर्षण गराउनु भयो ।

 

उहाँले नयाँ पुस्ताका पत्रकारहरुले आचार र्सिहता उल्लंघन गरेको प्रति काउन्सिलको ध्यानाकर्षण गराउदै चेतनामुलक प्रभावकारी कार्यक्रम संचालन गर्न सुझाव दिनु भयो । उहााले साना लगानीका छापा माध्यमको लोककल्याणकारी बिज्ञापनको रकममा १० प्रतिशत कट्टा गर्ने सरकारी नीति साना लगानीका संचार माध्यमहरुको हितमा नरहेको प्रष्ट पार्नु भयो । 


 कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के .सी. लामिछानेले नेपाली पत्रकाहरुको पेशागत  सुरक्षा र भौतीक सुरक्षा प्रथामिकताका बिषय हुन महामारीको बेलामा पनि यही कुराले सबैलाई चिन्तित बनाएको बताउनु भयो ।

 

आचार संहितको उल्लंघनले पत्रकारहरु आफै असुरक्षीत हुने भएकोले आफैले बनाएको संहिता पालनामा पत्रकारहरु जिम्मेवार हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।

 

कार्यक्रममा प्रेस कान्सिलका  सचिव झविन्द्र भूसाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह त्यसैगरी प्रदेश अध्यक्ष राजेक कर्ण उपाध्याक्ष रामानन्द प्रसाद गुप्ता, कोषाध्याक्ष विश्वनाथ ठाकुर, नेपाल पत्रकार महासंघका पूर्ब मध्यमाञ्चल संयोजक महेश दास शाखा अध्यक्षहरु अनुप तिवारी, प्रेमचन्द झा, टंक क्षेत्री, श्रवण कुमार देब,  एकोर्याबका प्रदेश २ का सचिब अच्युत पौडेल, बरिष्ठ पत्रकारहरु शत्रुघन नेपाल, महेशचन्द्र गौतम, बिजय कुशवाहा, महासंघ पर्साका सचिब भुषण यादब, रामहरी थपलिया, शेख सज्जाद हुसेन, अवधेश कामत लगायत ३ दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

बैठकमा काउन्सिलका सचिब झविन्द्र भूसालले ले काउन्सिलको बर्तमान अवस्थाका बारेमा धारणा राख्नुभएको थियो । काउन्सीलका सदस्य लालबाबु शेखको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संयोजन तथा संचालन नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिब श्याम बन्जाराले गर्नुभएको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.