logo

के थियो माधव नेपालको छ बूंदामा ,यस्तो छ पार्टी अध्यक्ष ओलीको छ बूंदामा

      6/7/2021 गते 00 00 मा प्रकाशित     514   पटक पढिएको

पार्टी विभाजनको सङ्घारमा पुग्नै लाग्दा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सार्नुभएको छ ।

 

प्रधानमंत्रीको यो प्रस्तावका कारण एमाले पंक्तिमा आशाको संचार भएको देखिन्छ । आधारभूत तहका कार्यकर्ता पार्टी बिभाजको पक्षमा छैनन । माधव नेपाल समुहमा रहेका युवा नेताहरुको पार्टी एकता प्रतिको अनिच्छा कार्यकर्ताहरुकोलागि निराशापूर्ण छ ।

 

यसअघि वैशाख २७ मा नेता माधवकुमार नेपालले पनि पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव राख्नुभएको थियो । पार्टी अध्यक्ष ओलीले झण्डै एक महिनापछि आइतवार साँझ पार्टी एकताको लागि भन्दै ६ बुँदे नै प्रस्ताव राख्नुभएको छ ।

ओलीले पार्टी एकताका लागि आफू २०७५ जेठ ३ पहिलेको अवस्थामा फर्किने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट हालेका माधव नेपाल पक्षका २३ जना सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त पनि राख्नुभएको छ । 

ओलीको यो प्रस्तावमा माधव नेपाल समूहका नेताहरुले औपचारिक प्रतिक्रिया दिइसकेका छैनन् । केही नेताहरुले ओलीको षड्यन्त्र हुन सक्ने आशङ्का गरेका छन् । सोमवार बैठक बसेर ओलीको प्रस्तावबारे निर्णय लिने नेताहरुको तयारी छ । 

तर नेपाल पक्षले ओलीले प्रतिनिधि सभा भङ्ग गर्ने निर्णय फिर्ता लिनुपर्ने सर्त राख्दै आएको छ । दोस्रो पटक प्रतिनिधि सभा विघटन हुनुअघि नै नेपाल पक्षले पार्टीलाई जेठ ३ को अवस्थामा फर्काउन र विधि विधानअनुसार चल्न माग गर्दै आएको थियो । यसबीचमा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरिसक्नुभएको छ भने माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु निष्कासनमा परेका छन् ।

यस्तो थियो वैशाख २७ को माधव नेपालको ६ बुँदे प्रस्ताव 

१. सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसङ्गठन र पेसागत सङ्गठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।

२. नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने ।

३. पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने ।

४. पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवं समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।

५. सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।

६। उक्त कुराहरुको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्ने ।

यस्तो छ जेठ २३ को ओलीको ६ बुँदे प्रस्ताव 

१. नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुनेछन् ।

२. मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मुलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।

३। सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।

४. आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाइ विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग भएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।

५. यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन, कुनै भेदभाव गरिने छैन ।

६. नेकपा एमालेलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकताबद्ध अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुनेछ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.