logo

पर्सामा बैशाख १६ देखी जारी निषेधाज्ञा जारी,  असार ६ गते सम्मकालागि छौठौ पटक अवधी थप 

      6/13/2021 गते 00 00 मा प्रकाशित     580   पटक पढिएको

 जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले असार ६ गते राती १२ बजे सम्मकालागि निषेधाज्ञाको अवधि थप गर्न पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिश गरेको छ ।

 

बैशाख १६ गतेदेखि पर्सा जिल्लामा निषेधाज्ञा जारी छ । छैठो पटक निषेधाज्ञाको अवधी थप गर्नकालागि प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिश गरिएको  डिसिसिएमसीका सदस्य एवम् नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिनु भयो  ।

 

जिल्ला स्थित सुरक्षा निकायको बैठक जिल्ला प्रशासन कार्यालय पर्सामा जारी छ । यही बैठक बाट जेठ ६ गते सम्मकालागि निषेधाज्ञाको अवधी थपिएको प्रमुख जिल्ला अधिकारी पिताम्र घिमिरेले जानकारी दिनु भयो । 

कोभिड(१९ संकट व्यवस्थापन अध्यादेशको दफा, ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भर २०७८ जेठ ३०  गते राती १२.०० बजे देखि मिति २०७८असार ६ गते  राती १२.०० बजेसम्म लागु हुने गरी निषेध आदेश लाई निरन्तरता दिइएको छ पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले जारी गर्नु भएको आदेशमा उल्लेख छ ।

 

डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा आइतवार बसेको बैठकल निषेधाज्ञाको अवधि थप गर्न सिफारिश गरेको हो ।

 

विगतको तुलनामा संक्रमण दर घटेपनि निषेधाज्ञा हटाए पुनः  संक्रमण बढ्न सक्ने हुँदा अहिले नै निषेधाज्ञालाई निरन्तरता दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

 

अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नदिनुका साथै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न दिइने छैन  ।

खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन नगर्ने तर दैनिक खाद्य वस्तुका पसलहरु, कृषि र भेटनरी सम्बद्ध {बीउबीजन लगायतका} पसलहरु, निर्माण सामाग्रीका पसलहरु, वर्कसप, विहान १२.०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरीरगराई खोल्न पाईने छ । तर सो समयको अतिरिक्त तरकारी, फलफूल, पानी, दुघ तथा दुधजन्य पदार्थ लगायतका खाद्यवस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा नपर्ने आदेशमा उल्लेख छ।

मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा बढीमा २ वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर प्रयोग गरी प्रयोग गर्न सकिने छ । विवाह, ब्रतबन्ध÷नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १० जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गरी गर्न सकिने छ । होटेल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न÷गराउन पाइने छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.