logo

बीरगंजमा निषेधाज्ञा खुकुलो, पसलहरु संचालन हुने निजी सवारी नचल्ने , सीमा नाका बन्द राख्न डिसीसीएमसीको सिफारिश

      6/20/2021 गते 00 00 मा प्रकाशित     642   पटक पढिएको

पर्सामा गत बैशाख १६ देखी जारी रहेको निषेधाज्ञा खुकुलो भएको छ । बिहान १२ बजे सम्म संचालनमा रहेका पसलहरु अव असार ७ गते देखी बेलुका पाँच बजे सम्म खुल्ला रहने छन ।

 

कोरोनाको संक्रमणको दर कम भएपनि त्यसको संक्रमणको चेन नियन्त्रणमा निषेधाज्ञा प्रभावकारी भएको भन्दै डिसीसीएमसीको आजको बैठकले असार १३ गते राती १२ बजे सम्म निषेधाज्ञा राख्ने गरि पर्साका प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको बैठकका सहभागि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिनु भयो  ।


 व्यक्ति व्यक्तिका बीच कम्तीमा दुई मिटरको दुरी कायम गर्ने । भिडभाडजन्य कार्य नगर्न   भिड भाड नहुने गरी सरकारी, सार्वजनिक, निजी कार्यालय र निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गराउने निर्णय समेत बैठकले गरेको छ ।  सुरक्षाको मापदण्डको उचित ब्यवस्था सम्बन्धीत कार्यालयका प्रमुखले मिलाउने समेत निर्णय भएको छ ।

 

 सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस,स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र  संग्रहालय, अझैपनि बन्द रहने बैठकले निर्णय गरेको छ ।  

 

नित्य दैनिक पूजाआजा बाहेक मानिस जम्मा भेला भई धार्मिक स्थलहरुमा धार्मिक एवं साँस्कृतिक क्रियाकलापहरु गर्न पाईने छैन ।  

 

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने सवारी साधनहरु र  निजी दुई पाइग्रे बाहेक  तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न पाईने छैन ।

 

बिकास निर्माणका काम सुरक्षा मापदण्डा पुरा गरि संचालन गर्न पाइने , मृत्यु तथा बिवाह संस्कारमा दुई वटा सवारी साधन चलाउन पाइने , मृत्यु संस्कार, बिवाह, ब्रतबन्धरनामाकरण जस्ता सामाजिक कार्यमा बढीमा दुई  वटा  सम्म सवारी साधन सोही व्यहोराको ब्यानर लगाई प्रयोग गर्न सकिने छ ।

 

निर्माण सामाग्रीको दुवानी बेलुका ८ जे देखी विहान ८ जेसम्म गर्ने ।  खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल नियमित रुपमा सञ्चालन गर्ने र सो बाहेक अन्य सबै पसललहरु विहान १० बजे देखि दिउँसो ५  बजेसम्म संचालन गर्न पाइने छ ।  


 होटेल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्डहरुको परिपालना गरी टेक अवे सेवा र होम डेलिभरी गर्ने गरी सञ्चालन गर्न सकिने बैठकले निर्णय गरेको छ। बीरगंज ईनर्वा  नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

 

 जिल्लाको बीरगंज ईनर्वा सीमा नाकाबाट बिदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको र नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने बैठकले निर्णय गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.