logo

लायन्स क्लबको पदस्थापन सम्पन्न ,अस्पताललाई ४५ लाखको उपकरण उपलब्ध गराउने अग्रवालको घोषणा

      6/27/2021 गते 00 00 मा प्रकाशित     449   पटक पढिएको

लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस, सेन्ट्रल सिटी, जय गहवामाई र इनिसिएटिभको लायन वर्ष २०२१/२२ का लागि निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको संयुक्त रुपमा पदस्थापन सम्पन्न भएको छ ।  वीरगंजको दियालो लर्ड्स प्लाजा होटलमा पदस्थापना सम्पन्न भएको छ ।

 लायन्स क्लब ईन्टरनेशनलका पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई माला, अबिर र लायन्स क्लबको पिन लगाई आउने कार्यकालकालागि  शुभकामना दिनु भएको थियो ।

 अग्रवालले कोरोना भाइरसको तेश्रो लहरलाई मध्यनजर गर्दै लायन्स क्लबद्वारा छिट्टै नारायणी अस्पताल वीरगंजलाई ४५ लाख बराबरको मेडिकल उपकरण सहयोग गरिने बताउनु भयो ।

त्यसैगरि श्रीपुर मा.वि. वीरगंजमा अडिटोरियम निर्माण एवं वीरगंज महानगरपालिकासँग समन्वय गरि वीरगंजको काली मन्दिर अगाडी रहेको चिल्ड्रेन्स पार्कलाई लायन्स क्लबको संरक्षणमा रहने गरि मधुमेहका बिरामीहरुकोलागि अत्याधुनिक सुविधा सम्पन्न व्यायाम केन्द्र संचालन गरिने समेत बताउनु भयो ।

 लायन्स क्लबका डिष्ट्रीक्ट कोर्डिनेटर लायन देव चौधरी, डिष्ट्रीक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, डिष्ट्रीक्ट डेपुटी कोर्डिनेटर लायन आकाश सर्राफ, एरिया नम्बर २ का नोमिनेटेड एरिया चिफ लायन बासु तिमिल्सिनाले ग्रीन क्याम्पस, सेन्ट्रल सिटी, जय गहवामाई र इनिसिएटिभद्वारा लायन वर्ष २०२०र२१ मा गरिएका सामाजिक गतिविधिहरुको बारेमा चर्चा गर्दै नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई  शुभकामना दिनु भएको थियो ।

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन आश्मा सिंह यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रीन क्याम्पसको तर्फबाट लायन वर्ष २०२१र२२ कालागि निर्वाचित अध्यक्ष लायन किरण अग्रवाल, सेन्ट्रल सिटीको तर्फबाट अध्यक्ष लायन मिना देवी टिबडेवाल, जय गहवामाईको तर्फबाट अध्यक्ष लायन साजन साह कानु, इनिसिएटिभको तर्फबाट अध्यक्ष लायन आशिष सुरेकालाई नयाँ कार्यकालको लागि बधाई सहित पद हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लायन वर्ष २०२०र२१ को डिष्ट्रीक्ट डिपार्टमेन्ट चिफ लायन विजया ओझैया, जोन चेयरपर्सन लायन गुड्डी जोशी, जय गहवामाईकी अध्यक्ष लायन निला राम लगायत लायन्स क्लबका अन्य पदाधिकारी एवं सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण लायन्स क्लबका डिष्ट्रीक्ट डिपार्टमेन्ट मेम्बर लायन विजय कुशवाहा र धन्यवाद ज्ञापन लायन्स क्लबकी जोन चेयरपर्सन लायन गुड्डी जोशी जोशीले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.