logo

बजेट  सक्न मंत्रालयले चलायो भित्ते पत्रकारिता तालिम, जागरुक युवाहरुले मागे हरहिसाव

      7/8/2021 गते 00 00 मा प्रकाशित     564   पटक पढिएको

प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरेको भित्ते पत्रीका सम्बन्धि तालिमको हरहिसाब माग गर्दै निवेदन परेको छ ।

 

मन्त्रालयले धनुषाको हारसरस्थित जीवन केन्द्र र महोत्तरीको बर्दिबासमा भित्ते पत्रीका सम्बन्धि ५ दिवसीय तालिम सञ्चालन गरेको थियो ।

 

कार्यक्रमबारे विभिन्न खाले टिक्काटिप्पनी भइरहेका बेला युवाहरुको एउटा समूहले कानुन मन्त्रालयमै पुगेर बिहीबार सूचनाको हक अन्र्तगत  निवेदन दर्ता गराएका हुन् । निवेदन दिनेहरुमा सिरहाका गुरुशरण सिंह  महोत्तरीका अशोक कुमार यादव, सिरहाका शत्रुधन यादव र धनुषाका कुलदिप साह छन् ।

 

के कार्यक्रम के होके सम्बन्धी थियो भन्ने प्रष्ट पार्न आग्ह गर्दै ,जम्मा बजेट कति हो , र शिर्षकगत रुपमा खर्च विवरणको प्रमाणित प्रतिलिपी माग गर्दै निवेदन दर्ता गएिको हो ।

 

निवेदन दर्ता गराएपछि सूचना अधिकारीले साउन पहिलो साताभित्र विवरण उपलब्ध गराइदिने आश्वासन दिएको युवा आभाषले बताउनु भयो  । कार्यक्रम सञ्चालनको कुरा बाहिर आएलगत्तै असार मसान्तको अन्तिम समयमा कार्यक्रम सञ्चालन गरेर अनियमितता गर्न खोजिएको आवाज उठ्दै आएको छ ।

 

भित्ते पत्रकारिता सम्बन्धित तालिम बालबालिकालाई दिइन्छ । तर, यो तालिममा भने बालबालिकालाई प्राथमिकता नदिएको देखिएपछि चौतर्फी रुपमा आलोचना भइरहेकोे छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.