logo

४७ दिन देखि आन्दोलनरत हेल्थ असिष्टेन्टहरुको आन्दोलन फिर्ता

      2/16/2017 गते 00 00 मा प्रकाशित     1389   पटक पढिएको

वीरगंज,फागुन ५

स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर  बिगत ४७ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरुले आजबाट आन्दोलन फिर्ता लिएका छन । स्वास्थ्य मन्त्रालयले फागुन ४ गते निकालेको अपिलले आफुहरुको माँग सम्बोधन गरेको भन्दै हान पर्साले आन्दोलन फिर्ता लिएको हो । बुधबार अपरान्ह अपिल जारी गर्दै मन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकले पुल दरबन्दी सिर्जना गरी ९ ख को कार्यान्वयनको बाटो खुलेको भन्दै आन्दोलन फिर्ता लिई नियमित काममा र्फकन आन्दोलनरत कर्मचारीलाई आवहान समेत गरेको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको प्राङ्गनमा हान पर्सा अध्यक्ष रबिन्द साहको अध्यक्षतामा आयोजित सभामा बोल्दै वक्ताहरुले ढिलो भएपनि स्वास्थ्य मन्त्रालयले हानको माँग सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।  हानका केन्दिय अध्यक्ष दाताराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वस्थ्य कार्यालय पर्साका प्रमुख राजकिसोर पंडित, हानका केन्दिय उपाध्यक्ष मेघनाथ चापागाई, केन्दिय सदस्य अनिल यादव, हानका पर्सा सदस्य शिव मण्डल लगायतकाले स्वास्थ्य मन्त्रालयको निर्णयको स्वागत गरेका थिए । 

कार्यक्रममा  हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी, सचिव राजु साह, सदस्यहरु अनिषकान्त कुशवाहा,नन्दराज शर्मा, विनु श्रेष्ठ, अपसरा देवकोटा, संजीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मीला मल्ल लगायत ८० जना भन्दा बढी हेल्थ असिष्टेन्टहरुको उपस्थिती रहेको छ । 

कार्यक्रमको सहजीकरण हानका सदस्य राजन शाहीले गरेका थिए भने स्वागत मन्तव्य हान पर्साका सल्लाहकार एवं आन्दोलनका सह संयोजक रुपलाल साहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.