logo

बीरगंज कारागारमा स्वास्थ्य शिविर अधिकांशमा छाला सम्बन्धी समस्या

      11/25/2017 गते 00 00 मा प्रकाशित     1574   पटक पढिएको

वीरगंज, ९ मंसिर 
वीरगंजको विर्तामा रहेको जिल्ला कारागारमा रहेका अधिकांस कैदी बन्दी छाला रोगबाट पीडित रहेको पाइएको छ । 
कारागार  भित्रको अव्यवस्थित बसाई र पानी स्वच्छ नहुँदा अधिकांशमा दाद जस्ता छाला सम्बन्धी रोग पाइएको यौन तथा छाला रोग विशेषज्ञ डा .मनिष प्रधानले बताए । 
धेरै जसोमा शरिरका विभिन्न भागमा दाद जस्ता छालासम्बन्धी रोग देखिएको छ । सरसफाइमा ध्यान नदिनु र पानी समेत स्वच्छ नहुँदा यस्तो रोग फैलने डा .प्रधान बताउछन् । 
जिल्ला कारागारमा शनिबार वीरगंज टेलिभिजनले आयोजना गरेको निशुल्क स्वाथ्य चेकजाँच शिविरमा सहभागि मध्ये अधिकांशमा छाला सम्बन्धी रोग देखिएको हो । 
यस्तै उच्च रक्तचाप, ग्याष्ट्रिक जस्ता रोगीको सख्या पनि उल्लेख्य रहेको बरिष्ठ फिजिसियन डा.निरज सिंहले बताए  । चिल्लो, पिरो तथा मसलायुक्त खाना बढी खानु, नियमित व्यायाम नगर्नु जस्ता बानिले मान्छेमा उच्च रक्तचाँप बढाउने गरेको डा . सिंहको भनाइ छ । यस्तै समयमा खाना नखानाले अधिकांशलाई ग्याष्ट्रिकको समस्या देखिने गरेको पनि उनले  बताए । 
कारागारमा मानसिक रोगीहरु पनि भेटिएको र उनीहरुको पनि उपचार गरिएको टेलिभिजनका प्रवन्धक दिपेश श्रेष्ठले जानकारी दिए । 
शिविरमा जिल्ला कारागारमा रहेका ५ सय २ जनाको चेकजाँच गरिनुका साथै निशुल्क औषधी समेत वितरण गरिएको कार्यक्रम संयोजक एवं सञ्चारकर्मी आविद हुसेनले जानकारी दिनए । 
बरिष्ठ फिजिसियन डा.निरज सिंह, सर्जन डा.मनोज गुप्ता, बरिष्ठ चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ एवं जेनरल फिजिसियन डा.सुमन प्रसाद, बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.लक्ष्मी गुप्ता, यौन तथा छाला रोग विशेषज्ञ डा.आरपी जैसवाल, डा. मनिष प्रधान लगायतले शिविरमा चेकजाँच गरेका थिए । 
कारागारमा कैद भुक्तान गरिरहेका सुनिता तामाङ, रुपा श्रेष्ठ, लक्ष्मी बस्याल, कृष्ण थापा, रामबाबु रौनियार, सुरेस लामा, जितेन्द्र ठाकुर, सागर खत्री लगायत ५ सय २ जनाको चेकजाँच गरिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.