logo

आशाराम अस्पतालमा दुर्लभ प्रकारको रोग (ग्यास्ट्रोकाइशिस) को सफल अपरेशन 

      12/13/2017 गते 00 00 मा प्रकाशित     1461   पटक पढिएको

वीरगन्ज, २७ मंसिर । वीरगन्जको पानी टंकीमा रहेको आशाराम अस्पतालमा एउटा नवजात शिशुमा देखा परेको अनौठो तथा दुर्लभ प्रकारको रोगको सफल शल्यक्रिया गरिएको छ । लाखौं मध्यमा एकजनामा देखा पर्ने त्यस्तो खालको दुर्लभ (ग्यास्ट्रोकाईशिस) रोगको सफल शल्यक्रिया गरेको हो ।

रौतहटको चन्द्रपुर अस्पतालमा सबरा खातुनले जन्म दिएको शिशुको आशाराम अस्पतालका सर्जन सहितका पाँचजना डाक्टरहरुको समूहले जन्मिएको २ घण्टा ३० मिनेटको नवजात शिशुलाई चार घण्टाको निरन्तर प्रयासपछि सफल शल्यक्रिया गरिएको डा.दासले जानकारी दिए ।

अपरेशन गरिएको शिशुको अस्पतालका डा.अलिसा दासको संरक्षणमा अति सघन उपचार कक्ष (एनआईसियु) मा राखेर उपचार भईरहेको छ । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा.दासले बताए । उनले भने, “ग्यास्ट्रोकाईशिस रोग भएको शिशु जन्मिएपछि उनका अभिभावक निकै चिन्तित बनेका उनीहरु काठमाडौ लानुपर्ने भएपछि निकै दुखी भएका थिए ।

जन्मिएको अढाई घण्टाको शिशुलाई चपुरबाट वीरगन्जमा ल्याएर निरन्तर चार घण्टाको प्रयासपछि सफल अपरेशन ग¥यौं ।” जन्मजात शिशुमा देखापर्ने ग्यास्ट्रोकाईशिस रोग शरिरको भित्री भागका अंगहरु सबै बाहिरपट्टी नै बस्ने गरेको हुन्छ ।

शिशु रोग विशेषज्ञ तथा आशाराम अस्पतालका संचालक डा.अशोक दासका अनुसार पेटलाई ढाक्ने बाहिरी भाग नहुने र खुला हुने तथा भित्री भागहरु (आँतहरु) बाहिर नै हुने यस्तो खालको रोग गर्भमा रहेको बच्चा विकसित भई नसकेको जस्तो देखिन्छ ।

यसमा हावा लाग्ने बित्तिकै टाँसिने भएकोले निकै जोखिमयुक्त हुने हुन्छ । उनका अनुसार यस्तो खालको रोगमा बच्चाको शरिरका सबै अंगहरु परिपक्व रुपमा विकसित नभईकन बाहिर नै रहिरन्छ ।

उनी बंगलादेश हुँदा २÷३ वटा यस्तो रोग देखेको र यो लाखौंमा एकजनामा हुने रोग भएको बताए । खासगरी नजिकको नाता सम्बन्धमा विवाह गर्ने दम्पत्तीहरुबाट यस्तो खालको शिशुको जन्म हुने गरेको पाईन्छ ।

त्यसबाहेक धुम्रपान, मदिरा सेवन गर्नेहरुमा पनि यस्तो खालको शिशु जन्मिन सक्ने बढी सम्भावना हुने बाल रोग विशेषज्ञ डा.दासको भनाई छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.