logo

जिल्ला अस्पतालमा सेवा पाउनबाट बन्चित नागरिक 

      3/7/2018 गते 00 00 मा प्रकाशित     1222   पटक पढिएको

बीरगंज २३ फागुन । 
पर्साको जिल्ला अस्पतालको रुपमा रहेको पोखरिया अस्पतालमा चिकित्सकको अभावमा त्यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवा पाउनबाट बन्चित रहेका छन ।


नेपाली कांग्रेसका नेता तथा पर्साका पूर्व सभापति जनार्दन सिंह क्षेत्री एक जना बिरामी लिएर अस्पतालमा जाँदा एक जना पनि कर्मचारी फेला नपरेको बताउछन ।

आफन्तको बिवाहमा सामेल हुन गाउँ गएका फूर्व सभापति संठीमा एक जना महिला अचेत भएपछि आफनो गाडीमा राखेर उपचारका निम्ति पोखरिया अस्पतालमा लगेका थिए ।

 

तर अस्पतालमा चिकित्सक थिएनन । जिल्लाको राजनीतिमा एउटा स्थापित ब्यक्ति भएको नाताले धेरै खोजवीन गरे पछि साढे नौ बजे एकजना कर्मचारी अस्पतालमा प्रवेश गरेको उनले बताए । ति कर्मचारी थिए  अहेव जितेन्द्र महतो । 

 


कमजोरीका कारण अचानक बेहोस भएकी जगरनाथपुर गाउँपालिका संठी निवासी २२ वर्षिया पूनम देवीको उपचार अव अहेवले गर्ने भएका थिए । जिल्ला स्तरीय अस्पतालको अवस्था देखेर नेता क्षेत्रीको मन थक थक मात्र भयो ।

 

अस्पतालको ब्यवस्थापन र संचालनको अवस्था देखेर मन खिन्न भयो । गुणात्मक स्वाथ्यसेवा पाउने नागरिक अधिकारबाट ग्रामीण क्षेत्रका जनता बन्चित रहेको भन्दै नेता क्षेत्रीले चिन्ता ब्यक्त गरे ।

 

नेता क्षेत्रीले अस्पतालको संचालन र ब्यवस्थापनमा जिम्मेवार र जवाफदेह निकायले तत्काल गम्भिर पहल लिन आग्रह समेत गरेका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.