logo

प्राथमिक उपचार वारे विद्यार्थीहरुलाई जानकारी

      4/5/2018 गते 00 00 मा प्रकाशित     1243   पटक पढिएको

बीरगंज २२ चैत ।

                     नेपाल रेडक्रस सोसाइटी पर्सा, अल्पाईन मा.वि.वीरगंजको संयुक्त आयोजना र श्रीपुर वडा प्रहरी कार्यालयको समन्वयमा एक दिने आधारभुत प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ  ।

 

                अल्पाईन मा.वि.को सभाकक्षमा संचलित प्राथमिक उपचार तालिममा सड्क दुर्घटना, दैवी प्रकोप, घरायसी काम काज, काराखाना ईत्यादी कुनै समयमा हुन सक्ने दुर्घटनाको समयमा घाईते वा विरामीलाई सुरक्षित तरिकाले अस्पताल सम्म कसरी पुरुयाउने भन्ने बिषयमा जानकारी गराइएको थियो । 

 

              श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुमार मैनाली र नेपाल रेडक्रस सोसाइटी पर्साका सहायक एवं प्राथमिक उपचार प्रशिक्षक राजन कुमार श्रीवास्तवले विद्यार्थीहरुको मनमा रहेको जिज्ञासालाई प्रस्ट पार्ने कार्य गर्नुका साथै रक्तस्राव, हाँडभचाई, पटीको प्रकार, स्वास–प्रस्वासमा समस्या, पोलाई, घाईतेको ओसारपसार वारे अभ्यास समेत गराई विद्यार्थीहरुलाई रेडक्रसको वारेमा समेत जानकारी गराएका थिए ।

 

           घरघरमा प्राथमिक उपचारको ज्ञान हुनु पर्ने, घटना जुन कुनै बेला जो सुकैसंग हुन  सक्ने भएको र स्यानो स्यानो कराणले समेत मनुष्यको ज्यान समेत जान सक्ने भएकोले प्राथमिक उपचारको ज्ञान ठुलो स्यानो सबैलाई हुने पर्ने कुरामा प्रशिक्षकहरुले जोड दिएका थिए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.