logo

ज्वानोका फाईदा

      12/17/2018 गते 00 00 मा प्रकाशित     2062   पटक पढिएको

 


 खाना अपच हुने, अपचकै कारण छातीसम्म पोले जस्तो हुने, वाकवाकी लाग्ने र पेट फुल्नेजस्ता समस्यामा हुनुहुन्छ भने ज्वानोलाई मित्र बनाउनुहोस् । 

 जंक फुडको बढ्दो प्रयोग, पोषणयुक्त खानाको कमी र तनावपूर्ण जिन्दगीले गर्दा हामी विभिन्न किसिमका स्वास्थ्य समस्याहरुको शिकार  बन्दै गइरहेका छौँ । यस्ता समस्याको दिर्घकालिन समस्याबाट पार पाउनका लागि हरेक भान्सामा पाइने ज्वानोको उपयोग गरौं । देख्दा मसिना दाना र गन्ध नमिठो लाग्ने,  मुखमा राख्दा मात्रै पनि चर्रर गर्ने ज्वानोले फाइदा भने गजबकै गर्दछ । यसले शरीरभित्रको फोहोर निकाल्न, किटाणुविरुद्ध लड्न, घाउहरुबाट जोगाउन, भाइरससँग लड्न, दुखाई कम गर्न, पेटभित्रको हावाबाट मुक्ति दिनेजस्ता अनेक फाइदा गर्छ। 


 पेटलाई बलियो राख्न, पेटमा हुने कुनै पनि असहजता जस्तैः अपच, पेट दुखाई, पेट पोल्ने, हावा भर्ने, वाकवाकी लाग्ने, आदि जस्ता समस्याबाट राहत प्रदान गज्वानोका विभिन्न फाइदाहरु छन् ।


 ग्यास्ट्रिकले छातीसम्म पोलेको जस्तो अनुभूति हुँदा एक चम्चा जिरा, एक चम्चा ज्वानो, आधा चम्चा अदुवाको धुलोलाई पानीमा मिलाएर दुखाई कम नभएसम्म खाँदा निको हुन्छ । 

यसमा रासायनिक थाइमोल ज्यादा हुने भएकाले यसले खाना पचाउन चाहिने जुस प्रशस्त मात्रामा उत्पादन गर्दछ र खानेकुरा सोस्न मद्दत गर्छ । खानेकुरा पेटमा गएपछि हामीले खाएको खानेकुरा पेटमा पिसिन्छ, यसमा भएको रसायनले पिस्नकालागि पेटलाई सजिलो बनाइदिने काम पनि ज्वानोले गर्छ र कबजियत हुन दिनबाट रोक्छ । साना बच्चाहरुलाई कबजियत हुँदा, खाना नपच्दा, चिसो वा खोकी लाग्दा पनि ज्वानो खुवाउने गरिन्छ । 

  
बच्चालाई मात्र होइन चिसो लाग्दा ज्वानोले ठूलाहरुका लागि पनि औषधिको काम गर्छ । १५ देखि २० दिनसम्म हरेक दिन भुटेको ज्वानो दुई ग्राम खाए चिसोबाट बच्न सकिन्छ । अथवा, ज्वानोको चिया बनाएर पनि खान सकिन्छ । पानीमा चियापत्ति वा ग्रीन टी, ज्वानो, अदुवा र अलैँची राखेर उमाल्ने । यसमा दूध हालेर कम्तिमा तीन मिनेटसम्म उमालेर यसरी चिया पिउँदा पनि चिसो लागेको हराउँछ । 


वैद्यहरुका अनुसार पातलो कपडामा ज्वानो धुलो राखेर बेलाबेलामा सुँघ्ने गर्दा बन्द भएको नाक, दमका बिरामी, ब्रोन्काइटिस तथा माइग्रेनका कारण टाउको दुख्नेहरुलाई पनि यसले आराम दिन्छ । ज्वानो पोलेको धुवाँले मात्र पनि हाम्रो सासप्रश्वासलाई सहज बनाइदिने र ज्वानोको दैनिक सेवनले रोगसँग लड्ने क्षमता पनि बढाउँछ । यति मात्र होइन । 


तौल घटाउन खोज्नेहरुको लागि पनि यो फाइदाजनक छ । ज्यादा तौल बढ्न नदिनका लागि हामीले खाएका खानेकुराहरु राम्रोसँग पच्न र हाम्रो पाचन प्रक्रिया राम्रो हुन अति जरुरी छ । पाचनमा सहयोग गर्ने हुनाले ज्वानोले तौल बढ्न नदिन सहयोगी भूमिका खेल्दछ । यसको प्रयोगकै लागि भनेर छुट्टै समय छुटाउन पर्दैन । दुई चम्चा भुटेको ज्वानो एक कप पानीमा एक


यसको प्रयोगकै लागि भनेर छुट्टै समय छुटाउन पर्दैन । दुई चम्चा भुटेको ज्वानो एक कप पानीमा एक रात ढडाएर राख्ने, बिहान यसलाई उमालेर, ज्वानो छानेर, सेलाएर वा नउमालीकन छानेर मात्र पनि खाली पेटमा पिउन सकिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.