logo

प्लाष्टिक मुक्त बीरगंज बनाउन नागरिकको आनीबानीमा परिर्वतन ल्याउनु पर्छः महानगर प्रमुख सरावगी

      7/30/2019 गते 00 00 मा प्रकाशित     1579   पटक पढिएको

बीरगंज १४ साउन । बीरगंज महानगरपालिकाले प्लाष्टिक मुक्त बीरगंजको अभियानलाई सफल बनाउनकालागि अभियान संचलान गर्ने भएको छ । एसडीसीसीको आयोजनामा आज बीरगंज महानगरपालिकामा भएको समन्वय बैठकमा महानगरका प्रमुख बिजय सरावगीले यस्तो जानकारी दिएका हुन ।

 

उनले प्लाष्टिकको प्रयोगलाई कम गर्दै लैजानकालागि नागरिकको मानसिकतामै परिर्वतन आउनु पर्ने कुरामा जोड दिए । उनले भने प्लाष्टिकको प्रयोग कम गर्नु भनेको मान्छेको आनी बानीमा परिर्वतन गर्नु हो । यो काम सजिलो त होइन तर गर्न नसकिने पनि होइन उनले भने आफनो समाजको हित र प्रगतीकालागि समाजका ब्यक्तिहरुले पहलकदमी लिन जरुरी  छ । उनले त्यतीबेला समाजले जाहा आफूलाई खोज्छ आफू त्याहा हुने प्रतिवद्धता जनाए । 


बीरगंज महानगरले साउन १ गते देखि बीरगंजको सरसफाईको काम नीजि क्षेत्रलाई दिएको छ । नीजि क्षेत्रले काम गर्दा जथाभावी फोहर गर्नेलाई दण्ड जरिवाना समेत गर्न सक्ने गरि महानगरले अख्तियारी दिएको छ ।

 

जथाभावी फोहर गर्नेलाई पाँच हजार देखि एक लाख रुपैया सम्म जरिवाना गर्ने प्रावधान रहेको छ । दण्ड जरिवाना संग संगै नागरिक समाजले समेत सफा शहरका बिषयमा काम गर्दा त्यसको प्रभाव राम्रो हुने भएकोले बीरगंज महानगरले बिभिन्न सरोकारवाला संघ संस्थासंग मिलेर बीरगंज शहरलाई प्लाष्टिक मुक्त बनाउने अभियान चलाउने भएको छ । 


प्लाष्टिक नियन्त्रण पछि बिकल्पको उपलब्धता बीरगंजमे रहेकोले समस्या नपर्ने एसडीसीसीका कार्यक्रम प्रमुख जयनारायण चौधरीले बताए । जनकपुरमा नागरिक समाजको तर्फबाट शुरु गरिएको यो अभियानले सफलता पाउदे गएको युएनडिपीका प्रदेश २ का प्रमुख अर्जुन कुशवाहाले बताए । 
समन्वय बैठकमा प्रकृति संस्थाका जसपला सिंह, प्रकाश थारु लगायतले सुझाव ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.