logo

बयोधा अस्पताल संचालनमा बिश्वस्तरीय स्वास्थ्य सेवा दिन्छौःसंचालक बैद्य

      10/4/2019 गते 00 00 मा प्रकाशित     1572   पटक पढिएको

बीरगंज १७ असोज ।
ढेड अर्वको लगानीमा निर्माण भएको नारायणी वयोधा अस्पतालले वीरगंजमा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने जनाएको छ ।
 एक सय पचास सैया क्षमताको यो अस्पताल अहिले पचास सैयामा सञ्चालन भइरहेको  संचालक  प्रतिष्ठित उद्योगपति अशोक बैधले बताए ।


१ सय ५० शैयाको अस्पतालमा विगत डेढ महिनादेखि ५० बेडको सेवा सञ्चालनमा छ । केहि दिनमै पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको बताइएको छ ।


मध्य तराईका नागरिकलाई गुण्स्तरीय स्वास्थ्य सेवा दिनकालागि अस्ताल संचालनमा ल्याइएको बैद्यले बताए । उनले बयोधाको संचालनले उपचारकोलागि देशका अन्य भाग  र बिदेश जानु पर्ने अवस्थाको अनत्य हुने बिश्वास ब्यक्त गरे ।

 

उनले मुनाफा आर्जन गर्नकालागि अस्पताल संचालन नगरिएको बताउदै अस्पताल संचालनको पछाडिको उद्धेश्य बिशुद्ध मानव सेवा  रहेको बताए । उनले उपचारकोलाग यस भेगका नागरिकले सास्ती खेप्नु नपरोस र बाहिर जानु नपरोस भन्ने चाहेको बताए । उनले  नाफा आर्जनकालागि अन्य ब्यवसायहरु रहेको जानकारी दिए ।


अस्पतालमा आपतकालीन मेडिकल उद्धारको लागि हेलीप्याड क्रिटिकल केयर एम्बुलेन्स सेवा रहेको छ ।


 अस्पतालले एउटै छानामुनि बिरामीलाई उत्कृष्ट सेवा उपलब्ध गराउन बेष्ट मेडिकल स्किल, उत्कृष्ट निदान र चिकित्सीय उपकरण एवं पूर्वाधार, उत्कृष्ट अभ्यास र प्रक्रियाहरू अवलम्बन गरेको अस्पतालका रवी चौधरीले जानकारी दिए ।

 

वयोधा नारायणी अस्पतालमा मुटु, रेडियोलोजी र ल्याब अनुसन्धानका लागि आवश्यक पर्ने सम्पूर्ण अत्याधुनिक उपकरणहरु जडान गरिसकेको उनले बताए ।


बयोधा अस्पतालले  वीरगंजमा रहेको अन्य अस्पतालहरुको शुल्क जस्तै आफनाृ शुल्क हुने तर सेवा धेरै गुणस्तरीय रहने दावी गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.