logo

कोरोना संक्रममणबाट बच्न विद्यार्थीलाई मास्क वितरण 

      3/19/2020 गते 00 00 मा प्रकाशित     816   पटक पढिएको

वीरगन्ज, ६ चैत । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि मुनलाईट माविले आफ्ना विद्यार्थीहरुलाई मास्क वितरण गरेको छ । वीरगञ्ज कारागार तथा मुनलाईट माविको समन्वयमा विद्यार्थीहरुलाई मास्क तथा जनचेतनामुलक पर्चा प्रदान गरिएको हो ।

नेपाल सरकारको कोरोना रोकथाम समन्वय समितीको निर्णय बमोजिम र प्याब्सन पर्साको आकस्मिक बैठकले जारी गरेको निर्देशनुसार विद्यालय अर्को सुचना जारी नहुन्जेल सम्मका लागि बन्द गरिएको छ । वीरगन्ज कारागार प्रमुख श्रवण कुमार पोखरेल, वडा नं ५ का अध्यक्ष प्रदिप चौरसिया को उपस्थितीमा विद्यार्थीहरुलाई मास्क तथा पर्चा प्रदान गरिएको थियो ।

विद्यार्थीहरुलाई प्रदान गर्न मास्क खरिद गर्न जाँदा बजारमा मास्कको अभाव देखिएका कारण केही मास्क कारागार कार्यालय पर्साले सहयोग स्वरुप प्रदान गरेको विद्यालयका प्रबन्ध निर्देशक सुलभ के.सीले बताए । कारागारबाट मास्क प्राप्त भएपछि केही राहत महशुस भएको उनको भनाई छ । बजारमा भेटिएका मास्क उचित मुल्यभन्दा दोब्बर(तेब्बरमा खरीद गर्नुपरेको उनले बताएका हुन् ।

सरकारले बजारमा कालोबजारी विरुद्धको अनुगमन तीब्र पारेको बताएपनि बजारमा कालोबजारी व्याप्त रहेको केसीको गुनासो छ । विद्यार्थीहरुलाई प्रदान गरिएका केही मास्क कारागार भित्र रहेका कैदिबन्दीहरुले बनाएको कारागार प्रमुख पोखरेलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कारागार प्रमुख पोखरेलले बजारमा मास्कको अभाव भएका बेला कैदीबन्दीहरुले मास्क बनाउन सुरु गरेको बताउनुभयो ।

उहाँका अनुसार बजारमा उचित मुल्यभन्दा दोब्बरमा मास्क बेचिएपनि कैदीबन्दीहरुले बनाएका मास्कको मुल्य बढीमा २० रुपैया कायम गरिएको छ् । महामारीका बेलामा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई मास्क प्रदान गर्नु सराहनिय कार्य भएको भन्दै उनले विद्यालयको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा वडा नं ५ का अध्यक्ष प्रदीप चौरसिया, विद्यालयका प्रधानाध्यापक श्याम केसी लगायतकाले कोरोनाबाट बच्ने उपायका बारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सञ्जारकर्मी उज्जवल शर्माले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.