logo

हामी स्वास्थ्यकर्मीहरु हतियार बिनाका सेना भएका छौ तै पनि योगदान दिन तयार छौः सिंह

      3/23/2020 गते 00 00 मा प्रकाशित     1094   पटक पढिएको

बीरगंज १० चैत ।  सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१) अहिले विश्वभर फैलिइसकेको छ। विश्वलाई नै आतंकित बनाएको यो भाइरसबाट १४ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।


विश्व स्वास्थ्य संगठनले विश्वव्यापी माहामारी घोषण गरिसको छ। तर नेपालमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारी उदासिनता भने आश्चर्यलाग्दो छ।

कोरोना भाइरसको संक्रमण भएपछि लामो समयसमम्म रुघाखोकी देखिने, उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने र असर गम्भीर भएमा निमोनिया हुनुका साथै मिर्गौलाले काम गर्न नसक्ने भई मानिसको मुत्यु समेत हुने डा.निरज सिंह बताउनु हुन्छ ।  कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा भाइरस भएको ठाउँमा छुँदा र राम्ररी हात सफा नगरी नाक, मुख, आँखामा स्पर्स गर्दा संक्रमण हुन्छ यस्तोमा ध्यान दिनु पर्ने उहाँको सुझाव छ।

यसको जोखिम श्वासप्रश्वाससँग सम्बन्धित रोग भएका, वृद्धवृद्धा, मधुमेह, उच्च रक्तचाप भएका व्यक्तिमा बढी हुने बताइएको छ। शरीरमा कुनै मिल्दो लक्षण आएमा नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ तर शरीर, परिवार र आफ्न्तको माया त्यागेर स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीले नै सुरक्षा महसुस गर्न सकिरहेका छैनन्।

कोरोना भाइरस संक्रमण भएका बिरामीको उपचारमा संलग्न कतिपय स्वास्थ्यकर्मी नै संक्रमित भइसकेका छन्। कतिपय देशमा त स्वास्थ्यकर्मीको मृत्यु समेत भइसकेको छ। पछिल्लो विवरणअनुसार चीनमा करिब ३ हजार ३ सय स्वास्थ्यकर्मीमा कोरोना भेटिएको छ र जसमध्ये १३ जनाले ज्यान समेत गुमाउनु परेको छ।

यसैगरी इटालीमा पनि करिब २ हजार ६ सय २९ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यस्ता स्वास्थ्य सेवा गुणस्तरीय मानिएका विकशित देशहरुमा त स्वास्थ्यकर्मी यति धेरै जोखिममा छन् भने हाम्रो देशमा कति जोखिम होला सहजै अनुमान सकिने डा सिंहको भनाई छ।


स्वास्थ्य सुरक्षाका दृष्टिले पनि स्वास्थ्यकर्मी त्यति सुरक्षित छैनन्।  स्वास्थ्य सुरक्षाका लागि चाहिने विषेश किसिमको माक्स, गाउन, ग्लोब्स, गगल्स लगायतका सामग्री स्वास्थ्यकर्मीलाई उपलब्ध हुनु अति आवश्यक छ। स्वास्थ्यकर्मीलाई विना सुरक्षा सामग्री सेवामा खटाउँदा स्वास्थ्यकर्मीबाटै संक्रमण फैलन सक्ने जोखिम छ।

 

यस्तो अवस्थामा स्वास्थ्यकर्मीको सुरक्षाको सरकार संवेदनशील बन्ने समय आएको छ। अहिले स्वास्थ्यकर्मीलाई लडाइृमा जान त भनिएको छ तर हतियार केही पनि दिएको छेन । हतियार बिहिन सेना लडाइृमा पठाउदा के हुन्छ यस बिषयमा सरकारले बिचार गर्नु पर्ने उहाँको मत छ । यद्धपी राज्यले हाम्रो योगदा खोजिरहेको बेलामा हामी त्यो योगदान भने गर्न तयार छौ ।

टिभि बीरगंजले आयोजना गरेको कार्यक्रममा ब्यक्त धारणामा आधारितःसम्पादक


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.