logo

कोरोना बारेमा जानकारी लिन र दिन मिल्ने मोवाइल ‘एप’को निर्माण

      3/29/2020 गते 00 00 मा प्रकाशित     1048   पटक पढिएको

काठमाण्डौ १६ चैत । सरकारले दोहोरो संचार गर्न मिल्ने गरि कोरोना भाइरस बारे जानकारी लिन र सहि सूचना दिन सहज होस भनेर “मोवाइल एप ”बनाएको छ ।


आइतवार स्वास्थ्यमंत्री भानुभक्त ढकालले ‘हाम्रो स्वास्थ्य’ नामक एपको शुरुवात गर्नु भयो ।उहाँले मंत्रालयले बनाएको मोवाइल एपका माध्यमले  कोरोना भाइरसको बारेमा धेरै जानकारी लिन सकिने बताउनु भयो । यो एप स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर डाउनलोड गर्न सकिनेछ ।

 

 सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना ९कोभिड १९० भाइरसबारे जानकारी लिन र सही सूचना दिन सहज होस भनेर मोबाइल ‘एप’ बनाएको छ।


 मन्त्री ढकालले कोरोेना सम्बन्धित सही र आधिकारिक सूचना लिनका लागि यो एप प्रयोग गर्न सकिने बताउनु भयो ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा .विकास देवकोटाले  एपमा कोरोना रोगका बारेमा मात्र नभई उपचार गर्न कहाँ जाने, हब अस्पताल कहाँ छन, आइसोलेसन वार्ड नजिकमा कहाँ छ भन्ने लगायतका सूचना भएकाले सबैलाई महत्वपूर्ण हुने बताउनु भयो।

उहाँले दोहोरो सञ्चार गर्न सकिने भएकाले पनि स्वास्थ्यकर्मी एवं सर्वसाधारणका लागि यो एप महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.