logo

निजी अस्पतालले उपचार गर्न नमानेपछि एक बिरामीको ज्यान गयो 

      3/30/2020 गते 00 00 मा प्रकाशित     963   पटक पढिएको

 वीरगञ्ज १७ चैत,। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज सहित केही निजी अस्पतालले  उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ । कलेजले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरिदिएको थियो ।


कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका उनका महेश कुशवाहले बताउनु भयो  । 

 

कोरोना संक्रमितमा देखिनेजस्तै लक्षण देखिएको भन्दै पर्साको नेशनल मेडिकल कलेजले उपचार गर्न मानेको थिएन । थ्रेसरमा मुसुरो कुट्ने क्रममा खुट्टामा काटेको थियो । कुवाहाको  स्थानीय मेडिकलमा स्वास्थ्यकर्मीले  उपचार गरेका थिए ।

 

उनको घउमा  टाँका लगाइएको थियो । त्यसको भोलिपल्टदेखि ज्वरो आउन थालेपछि अस्पताल भर्ना भएका थिए । तर शनिबार राति वान्ता गरेपछि १० बजेतिर नेशनल मेडिकलको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

 

मेडिकल कलेजले १५ गते राती भर्ना लिएपछि १६ गते बिहान बिरामीमा ज्वरो र सुखा खोकी देखिएपछि उपचार नहुने भन्दै रेफर गरेको थियो । आफन्तका अनुसार  चिकित्सकले उपचार गर्न मानेन ।

नेशनलपछि कुशवाहलाई नारायणी अस्पतालमा लगिएको थियो । प्रारम्भिक परीक्षणका नारयाणीका मेडिकल सुपरटे६डेन्ट डा.मदन कुमार उपाध्यायले “सेप्टी सेमिया” भएको हुन सक्ने बताउनु भयो ।

उहाले  ‘सेप्टी सेमिया’का कारण बिरामीको खुट्टाको घाउ र छातीमा संक्रमण देखिएकोले सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गर्नु भएको थियो ।

त्यसपछि राति नै विरामीलाई वीरगञ्ज हेल्थ केयर, गण्डक अस्पताल पुर्‍याए पनि दुवै अस्पतालले विरामी उपचार गर्न अस्वीकार गरेको थियो । बीरगंजका नीजि अश्स्पतालले उपचार गर्न नमाने पछि काठमाण्डौ लिगएका कुशवाहाको मृत्यु भएको हो  ।

नेशनल मेडिकल कलेजका प्रमुख डा.प्रमोद सर्राफले कोरोना भाइरस संक्रमितमा देखिने लक्षण बिरामीमा देखिएकोले रिफर गरेको बताउनु भयो ।

 

अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा लगाउने सुरक्षा सामग्री (पीपीई) र अरु उपकरण नभएकाले जाँच गर्न नसकेको उहााको भनाइ छ ।स्मरणीय चाही के छ भने । 
कोरोना भाइरसबाट संक्रमीत हुनेहरुकालागि ५० वटा आइसोलेशन वार्ड ब्यवस्था गरिएको अस्पताल हो नेशनल मेडिकल कलेज ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.