logo

प्रदेश २ मा र्‍यापिड किट उपलब्ध अव परिक्षणले तिब्रता पाउने

      4/10/2020 गते 00 00 मा प्रकाशित     930   पटक पढिएको

बीरगंज २८ चैत  । प्रदेश २ मा कोराना भाइरसको परिक्षणले शुक्रवारबाट तिब्रता पाउने भएको छ । संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान र्‍यापिड किट उपलब्ध गराएपछि परिक्षणले तिब्रता पाउने भएको हो । 

 


र्‍यापिड टेस्ट सुरु भएपछि अहिलेसम्म सुस्त बनेको कोरोना संक्रमितको पहिचान गर्ने प्रक्रियामा तिव्रता आउने भएको छ। यसअघि पीसीआर मेसिनबाटमात्र परीक्षण भइरहँदा जाँच प्रक्रिया सुस्त गतिमा अगाडी बढेको थियो।


संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान र्‍यापिड किट उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको आपूर्ति महाशाखाका निर्देशक डा।प्रमोद यादवले जानकारी दिनु भयो । ‘र्‍यापिड जाँच किट विहिबारसाँझ आइपुगेको छ,’ उहाँले भन्नु भयो ‘क्वारेन्टाइनहरुमा पठाउने काम भइरहेको छ।’

‘संघीय सरकारले पाँच हजार थान र्‍यापिड किट उपलब्ध गराएको छ, क्वारेन्टाइन स्थापना गरिएको सबै स्थानमा हामी पठाउँदै छौं,’ उहााले भन्नु भयो ,‘वीरगंज र कलैयामा परीक्षण सुरु भइसकेको छ, आजै प्रदेशस्थित सबै स्थानमा किट पुग्ने छ।’

र्‍यापिड किटबाट परीक्षण सुरु भएपछि कोरोना शंकास्पदको स्क्रिनिङ प्रक्रियाले तिब्रता पाउने डा. यादवको भनाइ छ।

र्‍यापिड किटमार्फत गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट देखिए कन्र्फमेसनको लागि स्वाब परीक्षणको लागि पीसीआरमा पठाइने उहाँको भनाइ छ। शंकास्पदको रगत लिएर परीक्षण गर्ने र्‍यापिड टेस्टले तत्काल परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्ने कार्यले तिव्रता पाउने डा.यादवले बताउनु भयो।

प्रदेश २ मा अहिले प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको एकमात्र पीसीआर मेसिनबाट शंकास्पद व्यक्तिको स्वाब परीक्षण भइरहेको छ। प्रदेशभित्र एकमात्र पीसीआर मेसिन भएकोले जाँच प्रक्रिया सुस्त बनेको छ।  प्रादेशिक अस्पताल जनकपुरले ३८ जनाको स्वाबमात्र परीक्षण गर्न सकेको छ।

क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेसन गरी प्रदेश २ मा अहिले भण्डै दुई हजार शंकास्पदलाई राखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.