logo

भरतपुर अस्पतालबाट २७ वर्षिय युवा कोरोना जीतेर घर फर्किए

      4/25/2020 गते 00 00 मा प्रकाशित     1066   पटक पढिएको


भरतपुर  १३ बैशाख ।

भारतपुर अस्पतालमा उपचारकालागि भर्ना भएका २७ वर्षिय युवा कोरोना भाइरसको संक्रमण मुक्त भएका छन । उनलाई अस्पतालले आजै शनिवार डिस्चार्ज गरेको छ ।

 

तर उनी अस्पतालकै आईसोलेसनमा बसेका छन् । उनीसंग अस्पतालमा रहेकी उनकी आमामा भने संक्रमण पोजेटिभ नै देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार लगातार दुई पटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो ।

 

उनलाई शनिबार दिउँसो औपचारिक रुपमा डिस्चार्ज गरिएको छ । आमा अस्पतालमानै रहनु पर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाईनमा बसेका हुन् ।

 

पौडेलका अनुसार राप्ती नगरपालिका वडा नम्बर ८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरा चैत ३ गते बेलायतबाट यी आमा छोरा हङ्कङ हुँदै नेपाल आएका हुन । दुई दिन काठमाडौं बसेर उनीहरु घर आएका थिए । 

 हाल अस्पतालमा रहेका आमा छोरामा रोगको लक्षाण नदेखिएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिन पछि पुनः आमाको स्वाब परिक्षण गरिने छ ।

 

शरीरबाट भाईरस मुक्त भए पनि केही समयसम्म एन्टीवडि रहने भएकाले नेगेटिभ देखिएपछि पनि कम्तिमा एक साता क्वारेन्टाईनमा राख्नुपर्ने चिकित्सकको भनाई छ ।

 

परिवारका सदस्य, उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिहरुलाई हाल राप्तीको ब्रम्हनगरको क्वारेन्टाईनमा राखिएको छ । ¥यापिड डाईग्नोष्टिक टेष्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारीले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.