logo

महानगरले खरिद गरेको पीसीआर मेशिनबाट परीक्षण शुरु  

      6/26/2020 गते 00 00 मा प्रकाशित     1241   पटक पढिएको

कोरोना भाईरस संक्रमण परीक्षणका लागि वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिन संचालनमा आएको छ । महानगरपालिकाको आह्वानमा वीरगन्जका उद्योगी व्यवसाय, विभिन्न संघ संस्था तथा नागरिकहरुको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेशिन असार ६ गते वीरगन्ज आईपुगेको थियो ।

उक्त मेशिन असार ७ गते मुख्यमन्त्री लालबाबु राउतको हातबाट वीरगन्ज महानगरपालिकाको तर्फबाट नारायणी अस्पताललाई हस्तान्तरण गरिएको थियो । नारायणी अस्पताललाई हस्तान्तरण गरिएपछि अस्पतालको प्रयोगशालामा जडान गरि परीक्षण पनि शुरु भएको छ । असार ११ गते बिहीबारदेखि महानगरले खरिद गरेको पीसीआरको परिक्षण शुरु भएको अस्पतालकी प्रयोगशाला प्रमुख डाक्टर नीरा पाठकले जानकारी दिनुभयो ।

महानगरपालिकाको मेशिनबाट परीक्षण गरिएको मध्य ३ जनामा कोरोना पोजिटिभ देखिएको उहाँले बताउनुभयो । नारायणी अस्पतालको पीसीआर मेशिन र महानगरले खरिद गरेको पीसीआर मेशिनमा समान नतिजा आएको पनि उहाँले बताउनुभयो । अहिले अस्पतालमा रिएजेण्ट किटको अभावले गर्दा परीक्षणमा समस्या भएको उहाँले बताउनुभयो ।

नेपाली सेना मार्फत खरिद गरी सरकारले पठाएको रिएजेण्ट किट सानो भएकोले यहाँको मेशिनमा परीक्षण गर्न नमिलेपछि अहिले अर्को रिएजेण्ट किट माग गरिएको डाक्टर पाठकको भनाई छ । महानगरपालिकाले दुईहजार पिस रिएजेण्ट किट मगाएको र उक्त किट सोमबारसम्मा आईपुग्ने वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.