logo

कोरोना बिरुद्धको संघर्षमा औधोगिक समुहद्वारा २५० थान पीपीई हस्तान्तरण,संकटमा बीरगंजको समाज एकः महानगरप्रमुख

      7/2/2020 गते 00 00 मा प्रकाशित     1019   पटक पढिएको

बीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखा मार्फत कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको काममा संलग्न स्वास्थ्यकर्मीहरुकालागि नीजि क्षेत्रले स्वास्थ्य सुरक्षा सामाग्री उपलध्ग गराएको छ । 


शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि, जगदम्बा काँनक्रिटो प्रा.लि, जगदम्बा एस्एस् पाईप्स प्रालि, सर्वोत्तम स्टील्स प्रालि र स्काईलाइन मलले कोरोना भाइरस संक्रमण परीक्षणका लागि वीरगञ्ज महानगरपालिकालाई २ सय ५० पिस पीपीई किट हस्तान्तरण गरेको हो । 

आज महानगरमा आयोजना गरिएको  एक कार्यक्रम बिच वीरगञ्जको नरायणी अस्पताल र गण्डक अस्पताललाई तथा थ्रोट सवाब संकलनमा खटिने क्वारेन्टिनमा स्वास्थ्य सेवा दिने स्वास्थ्य कर्मचारीले उपयोग गर्ने गरि  वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई २ सय ५० पिस पीपीई किट हस्तान्तरण गरको शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालिका कार्यकारी निर्देशक राजेश अग्रवालले जानकारी दिनु भयो । 


महानगर प्रमुख बिजय कुमार सरावगीले नीजि क्षेत्रबाट उपलब्ध गराइएको सहयोगले आफूलाई उत्साही बनाएको बताउनु भयो ।

 

 एउटा समय थियो कोभिड बिरुद्धको संघर्षमा एक्लै पर्छुकी जस्तो पनि लागेको थियो उहाँले बिगतलाई स्मरण गर्दै  तर बीरगंजको औधोगिक क्षेत्र ,बिभिन्न पेशा ब्यवसायमा संलग्न महानुभावले जसरी सहयोग गर्नु भयो त्यसले एउटा सफल उदाहरण कायम भएको बताउनु भयो ।

 

बीरगंजको समाज संकटको बेलामा संकटको समाना गर्न एकढिक्का भएर अगाडि आउने परम्परा अहिले झनै मजवुतीका साथ प्रकट भएको उहाँले बताउनु भयो । 


कोरोना संकट संग सगै जीवन चल्नु पर्ने अवस्थामा कोरोना भाइरसको परिक्षणलाई  बढाउनुपर्ने आवश्यकता रहेको छ । यही प्रयोजनकालागि महानगर प्रमुखले  आम अपिल गर्नु भएको थियो । पर्सालाई ग्रिन जोनमा लगेर आर्थिक गतिबिधिलाई चलायमान बनाउनकालागि नै पाँच उधोगले स्वास्थ्य सुरक्षा समाग्री उपलब्ध गराएका हुन ।  

 

उक्त कर्यक्रममा शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि, जगदम्बा काँनक्रिटो प्रालि, जगदम्बा एस्एस् पाईप्स प्रालि, सर्वोत्तम स्टील्स प्रालि र स्काईलाइन मलका संतोष सिंह (वीपी ऑपरेशन), अमित अग्रवाल (वीपी वित्त), सुनील खेतान (सीएफपीओ), अभिषेक अग्रवाल र विवेक सिंह लगायतका सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.