logo

बारा पर्सामा ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,अस्पतालमा रहेकामा लक्षण देखिदै

      7/20/2020 गते 00 00 मा प्रकाशित     900   पटक पढिएको

बाराका ४६ जना र पर्साका ४ जनामा कोरोजा भाइरसको संक्रमणको पुष्टि भएको छ । बीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा यो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो  । 

 


बाराका ४६ जना देवताल गाउँपालिकाले बनाएको क्वारेन्टिनमा रहेकाहरु हुन त्यसै गरि पर्साका ४ जना भने होटेल कुमु प्यालेसमा पेड क्वारेन्टिनमा बसेकाहरु रहेको अस्पतालका मेडिक सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताउनु भयो ।

 

बाराका ४६ जना संक्रमितमध्ये १० जना महिला रहेको मेसु उपाध्यायले जानकारी गराउनु भएको छ । 


संक्रमण पुष्टि भएकाहरुलाई कलैया र बीरगंजको आइसोलेशनमा ब्यवस्थापन गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो । 

संक्रमीत मध्य  देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पाण्डेले जानकारी दिनु भयो ।
 

 

पर्सामा एक दिन पहिले पनि ७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । बीरगंजको काभिड अस्पताल गण्डकमा भर्ना भएकाहरुमा संक्रमणको लक्षण देखिएको अस्पतालका संयोजक डा.उदय नारायण सिंहले बताउनु भयो ।

 

८ जनामा श्वास लिन गाह्रो हुने, जीउ दुख्ने, रुघा, ज्वरो लाग्ने, खान मन नलाग्ने लगायत कोरोनाको लक्षणहरु देखिएको उहाँले बताउनु भयो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.